जन्मदिनको अवसरमा विद्यालयलाइ सहयोग

सल्यान, १७ जेठ ।
शैक्षिक अभियान्ता तथा पत्रकार पुरुषोत्तम गिरीले जिल्लाको एक सामुदायिक विद्यालयलाइ शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ । बुधबार जन्मदिनको अवसरमा उहाँले जिल्लाको शारदा नगरपालिका ३ पौवाबारीमा रहेको खड्गदेवी प्राथामिक बिद्यालयलाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो । कुनै बेला बन्द हुने स्थितीमा रहेको विद्यालयलाइ नगरपालिका, अभिभावक तथा व्यवस्थापन समितिले नयाँ ढंगबाट संचालन गरेपछि विद्यार्थी संख्या ह्ववात्तै बढेको छ । केहि गर्ने अठोट राखेका शिक्षक, विद्यार्थी र अभिभावकलाइ विद्यालय संचालनमा हौसला पुगोस भनेर सानो सहयोग गरेको गिरीले बताउनुभयो ।
बिद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापमा सहजता होस् भन्ने हेतुका साथ कापि, कलमसँगै अतिरिक्त क्रियाकलाप नियमित रूपमा संचालन गर्न सकियोस भनेर सानो सहयोग गरेको हुँ उहाँले भन्नुभयो । गिरीले बिद्यालयका प्रधानाध्यापक टिकाराम खड्कालाई शैक्षिक सामाग्री र नगद हस्तान्तरण गर्नुभएको थियो । शैक्षिक सामाग्री ग्रहण गर्दै प्रधानाध्यापक खड्काले बिद्यालयमा अध्ययनरत बिद्यार्थीको सिकाइलाई विकास गर्न यस किसिमको सहयोगले हौसला पुग्ने बताउनुभयो ।
सो अवसरमा शारदा नगरपालिका शिक्षा अधिकृत संगिता बुढा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शैक्षिक अभियान्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित