सल्यानमा विश्व वातावरण दिवस मनाइयो

सल्यान, २३ जेठ ।
सल्यानमा विश्व वातावरण दिवस मनाइएको छ । डिभिजन वन कार्यालय सल्यानको आयोजनामा जिल्लाको सदरमुकाम खलंगामा सचेतनामुलक प्रभातफेरी सहित कोणसभा गरेर दिवस मनाइएको हो । खलंगाको शान्तिस्मारक बाट शुरु भएको प्रभातफेरी पुरानो बसपार्कमा पुगेर कोणासभा गरिएको थियो ।

प्लास्टिकजन्य प्रदुषण निर्मुल पारौं : वातावरणमैत्री विकल्पको प्रयोग गरौं भन्ने मुल नाराका साथ मनाइएको दिवसमा बोल्दै डिभिजन वन कार्यालय सल्यानका प्रमुख जितेन्द्र महतले प्लास्टिकजन्य प्रदुषण निर्मुल पार्न अहिलेको आवश्यकता भएको बताउनुभएको छ । मानविय कारणले नै प्लास्टिकजन्य प्रदुषण बढ्दै गएको र यसले सिंगो जगतलाई नै हानी नोक्सानी गरेकाले प्लास्टिकजन्य बस्तुको प्रयोगलाई पनि शुन्यमा झार्नुपर्ने उहाँको भनाइ छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, सल्यान प्रहरी प्रमुख डिएसपि दामोदर केसी, सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्का लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित