अल्पकालीन आश्रयबाट ४२ पीडितले सेवा लिए

सेवा केन्द्रमा आएका पीडितलाई निःशुल्क रुपमा खान बस्नको व्यवस्था गरिएको छ भने उनीहरुलाई मनोपरामर्श, रिफरल सेवा, घरमा पुनस्र्थापनाका साथै निःशुल्क कानुनी उपचारका लागि समेत पैरवी गर्ने गरिएको छ ।

सल्यान, १ असार ।

सल्यानमा हिंसा पीडित तथा जोखिममा परेका ४२ जनाले सेवा लिएका छन् । महिला तथा बालबालिकाहरुका लागि मानवअधिकार वकालत केन्द्र ९रेस० नेपाल, सल्यानद्वारा सञ्चालित अल्पकालीन आश्रयसहितको जिल्ला सेवा केन्द्रबाट एक वर्षको अवधिमा ४२ जना जोखिममा परेका तथा हिंसा पीडित महिला तथा बालबालिकाले सेवा लिएका हुन् । २०७४ सालमा जिल्लाको सदरमुकाम खलंगामा स्थापना भएको यस अल्पकालीन आश्रय सेवा केन्द्रले घरपरिवार, आफन्त, नातेदार लगायतबाट पीडित भएकालाई सेवा दिएको हो ।

अल्पकालीन आश्रयसहितको जिल्ला सेवा केन्द्रमा सेवा लिन आएका महिला तथा बालबालिकामध्ये अधिकांश कुटपिट तथा घरेलु हिंसामा परेको देखिएको छ । घरपरिवार तथा समाजमा हिंसा गर्नुहुँदैन भन्ने चेतनाको कमीका कारण महिलामाथि हुने हिंसाका गतिविधिमा कमी आउन नसकेको रेस नेपाल सल्यानका अध्यक्ष रामचन्द्र रेग्मीले जानकारी दिनुभयो ।

समीक्षात्मक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उहाँले सानो उमेरमा विवाह गरेका कारण पुरुषले बहुविवाह गर्ने र त्यसपछि उनीहरुलाई घरमा बस्ने वातावरण नहुँदा कुटिपिटसँगै हिंसामा पर्ने गरेको बताउनुभयो । हिंसाको प्रतिरोध गर्न पीडित महिलाहरुलाई अल्पकालीन आश्रयसहितको जिल्ला सेवा केन्द्र मार्फत सजिलो पनि भएको उहाँको भनाइ थियो ।

‘यहाँ हिंसामा परेकाहरुलाई मनोसामाजिक परामर्श समेत दिने गरिएको छ, कुटपिट तथा हिंसामा परेको, जबर्जस्तीकरणी, बहुविवाह, घरनिकाला, लैंगिक हिंसालगायतका समस्याका घटनाबाट पीडित भएका महिलाहरु बढी आउने गरेका छन्, हिंसामा परेकाहरुलाई विभिन्न प्रकारका सेवाहरुको आवश्यकता हुन्छ, हिंसामा परेको बेला उनीहरुलाई सहयोग पु¥याउने कोही नहुन पनि सक्छन्, त्यसैले हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई सहयोग पु¥याउनका लागि अल्पकालीन आश्रयसहितको जिल्ला सेवा केन्द्र सञ्चालन गरेका हौं’– उहाँले भन्नुभयो ।

सेवा केन्द्रमा आएका पीडितलाई निःशुल्क रुपमा खान बस्नको व्यवस्था गरिएको छ भने उनीहरुलाई मनोपरामर्श, रिफरल सेवा, घरमा पुनस्र्थापनाका साथै निःशुल्क कानुनी उपचारका लागि समेत पैरवी गर्ने गरिएको छ । शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा सुनारले हिंसामा परेका बालबालिका तथा महिलाहरुलाई न्यायको पहुँचसम्म पु¥याउन गरिएको कार्य प्रशंसायोग्य रहेको बताउनुभयो । नगरपालिकाले पनि जोखिममा रहेका तथा हिंसा पीडितलाई उचित न्याय प्राप्तिको लागि

पैरवी गरिरहेको उहाँको भनाइ थियो । अन्तत्र्रिmया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्का, शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिृकत लीलाधर बबाल, शारदा नगरपालिका–२ का अध्यक्ष सविन हमाल, सामाजिक विकास कार्यालयका सूचना अधिकारी हरिप्रसाद सापकोटालगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित