सल्यानमा घाइते अवस्थामा उद्धार गरिएको रतुवाको मृत्यु

सल्यान, ८ असार ।

सल्यानमा घाइते अवस्थामा उद्धार गरिएको रतुवाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ झिम्पेकोे जंगलबाट घाइते अवस्थामा उद्धार गरि ल्याइको रतुवा शुक्रवार मरेको हो । कुकुरले लखेट्दै गर्दा स्थानियले देखेर डिभिजन वन कार्यालय सल्यानलाई खवर गरेपछि वन कार्यालयको टोलीले असार ३ गते उद्धार गरेर रतुवा ल्याएको थियो ।

घाइते अवस्थामा रहेको रतुवाको खुट्टामा गहिरो चोट लागेको र उपचारको क्रममा मरेको डिभिजन वन कार्यालयका फरेष्टर देवेन्द्र महतले जानकारी दिनुभयो । खडेरीको कारण, पानीको अभावले गर्दा रतुवा गाउँमा आउने र गाउँमा आएको वेला कुकुरले लखेट्ने भएकाले रतुवा घाइते अवस्थामा भेटिने गरेको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस