सल्यान, १२ असार ।
असार लागे सँगै बर्खा पनि सुरु भएको छ । बर्खा संगै प्रेमलाई समेटेर विभिन्न गीत संगीत सार्वजनिक हुनेगरेका छन । विभिन्न गीत सार्वजनिक हुने क्रममा लोक तथा दोहोरी गायक नेत्र भण्डारीको बर्खा विशेष झरी एल्बम सार्वजनिक भएको छ । मंगलबार मात्रै सार्वजनिकभएको गीतमा प्रेमिल जोडिका विषयमा उत्कृष्ट शब्द भरिएका छन ।
गीतमा बर्खाको झरीमा मायाका याद थरि थरिका आउछनू जस्ता उत्कृष्ट शब्द रहेका छन । नेत्र भण्डारी आफैले संगीत भरेको गीतमा डम्बर चन्द बगरको उत्कृष्ट शब्द सिर्जनामा रहेको छ । गीतमा नेत्र भण्डारी र रेजिना परियारको सुमधुर स्वर भरिएको छ ।
चर्चित निर्देशक स्मृति तिमल्सिना (गुरु आमा) को निर्देशमा रहेको म्युजिक भिडियोमा शिशिर पौडेल र निना बुढाथोकीको अभिनय रहेको छ ।
म्युजिक भिडियो रिजन नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
हेर्नुस् भिडियो