शारदा नगरपालिकाद्धारा वजार अनुगमण : मापदण्डको पुर्ण पालना गर्न निर्देशन

अनुगमणका क्रममा डेरी उद्योग तथा मासु पसल र एग्रोभेडमा मुल्य सुची टाँस गर्न, पसल दर्ता गरि व्यवसाय सञ्चालन गर्न र ताजा, सफा र स्वच्छ मासु बिक्री गर्नुका साथै मापदण्डको पुर्ण पालना गर्न निर्देशन दिइएको छ ।

सल्यान, १२ असार ।
सल्यानको शारदा नगरपालिकाले वजार अनुगमण गरेको छ । मंगलवार नगरपालिका भित्रका बिभिन्न मासु पसल, डेरि उद्योग र एग्रोभेड पसलहरुको अनुगमण गरिएको हो । नगर उपप्रमुख सुुस्मिता सापकोटाको संयोजकत्वमा मासु जाँच ऐन अन्र्तगत श्रीनगर, खलंगा, साहुटोल, दुल्धारा पोखरा लगाएतका बजार क्षेत्रमा सञ्चालित झण्डै एक दर्जन पसलहरुको अनुगमण गरिएको हो ।

अनुगमणका क्रममा डेरी उद्योग तथा मासु पसल र एग्रोभेडमा मुल्य सुची टाँस गर्न, पसल दर्ता गरि व्यवसाय सञ्चालन गर्न र ताजा, सफा र स्वच्छ मासु बिक्री गर्नुका साथै मापदण्डको पुर्ण पालना गर्न निर्देशन दिइएको छ । उपप्रमुख सापकोटाले नगर भित्रका धेरै पसलहरु मापदण्ड अनुसार सञ्चालनमा नरहेकाले मापदण्डको पालना गरेर मात्रै सञ्चालन गर्न सुझाव दिनुभएको छ । अन्यथा कारवाही गर्ने उहाँले चेतावनी दिनुभएको छ ।

अनुगमणका क्रममा म्याद गुर्जेका ८ हजार ४ सय रुपैँया बराबरका सामान वरामद गरेर नष्ट गरिएको छ । बजार अनुगमणमा जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, अधिकारीकर्मी तथा पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस