लोप हुँदै सल्यानी मौलिक घर [ फोटो फिचर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान, १६ असार ।
विभिन्न शैलिका मौलिक एवं परम्परागत मौलिक सल्यानी घरहरु लोप हुने अवस्थामा पुगेका छन् । पुराना मौलिक घर भत्काएर नयाँ आधुनिक किसिमका घरहरू शहर बजारदेखी गाउँसम्म बन्दै गएका छन् । सल्यानमा अहिले ढुङ्गा, माटो, खरले छाएका मौलिक घर भत्काएर कंक्रिटको छत, टिनका जस्तापाताले घर छाएका धेरै देख्न थालिएको छ । जसले सल्यानी मौलिक एवं परम्परागत घर लोप हुने अवस्थामा पुगेका छन् ।
अहिले आधुनिक प्रविधि सहितका कंक्रिट, जस्तापाताबाट घर बन्न थालेपछि मौलिक र परम्परागत घरहरू निकै कम बाँकी रहेका छन् । शहरमा मात्रै होइन, गाउँमा पनि अहिले पक्की घर बन्न थालिसकेका छन् । ढुङ्गा र खरको छानो भएका घर वातावरण अनुकुल मानिए पनि अहिले यस्ता घर बिरलै मात्र देख्न पाइन्छ ।

जिल्लाका स्थानिय तहले खरका छानामा धेरै आगलागी हुने भएका कारण जनताको जीवनको सुरक्षाका लागि भन्दै खरको छाना विस्थापित गर्ने अभियान ल्याएका छन् । यसले गर्दा पनि मौलिक एवं परम्परागत घरहरु लोप हुने अवस्थामा पुगेका छन् । सरोकारवाला निकायले भने मौलिक घर निर्माण गरेर पुरानै सौन्दर्यलाई कायम राख्न आवश्यक रहेको बताउँदै आएका छन् ।

हेर्नुहोस् विभिन्न समयमा क्यामेरामा कैद गरिएका मौलिक सल्यानी घरका तस्वीरहरू :

 

 

 

प्रतिक्रिया दिनुहोस