सल्यान, २१ असार ।
सल्यानमा छ महिनाको अवधिमा मानव अधिकार उलंघनका ४५ वटा घटना भएका छन् । सन् २०२३ को जनवरी १ देखी जुन ३१ गतेसम्म जिल्लामा ४५ वटा मानव अधिकार उलंघनका घटना भएको पाईएको हो । इन्सेकद्धारा आयोजित नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ का लागी संकलन गरिएका घटनाहरुको बुधबार खलंगामा अर्धबार्षिक समिक्षा कार्यक्रममा यस्तो तथ्यांक सार्बजनिक भएको हो ।
तथ्यांक अनुसार जिल्लाभर घरेलुहिंसाका घटना धेरै रहेको पाईएको छ । जसमा घरेलु हिंसाका २२ वटा, अन्यपक्षबाट कुटपिट तथा हत्याका ६ वटा र बहुविवाहका ६ वटा घटना भएका छन् । यस्तै बलात्कार तथा यौन दूव्र्यवहारका ५ वटा, बालअधिकार अन्र्तगत बलात्कारका ४ वटा, परिवारजनबाट हत्या १ वटा र कुटपिट तथा बोक्सीको आरोपका १ वटा घटना भएको इन्सेक प्रतिनिधि दिनेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार शारदा नगरपालिकामा सबैभन्दा धेरै १८ वटा मानव अधिकार उलंघनका घटना भएका छन् । जसमा घरेलु हिंसाका १५ वटा, बहुविवाहका २ वटा र बाल अधिकार अन्र्तगत बलात्कारका १ वटा घटना भएका छन् । यस्तै बन्गाड कुपिण्डे नगरपालिकामा १२ वटा मानव अधिकार उलंघनका घटना भएका छन् । जसमा अन्यपक्षबाट कुटपिट तथा हत्याका ४ वटा, घरेलु हिंसाका ३ वटा, बालअधिकार अन्र्तगत बलात्कारका २ वटा, बलात्कार तथा यौन दूव्र्यवहारका २ वटा र बहुविवाहका १ वटा मानव अधिकार उलंघनका घटना भएका छन् ।
यस्तै कुमाख गाउँपालिकामा बालअधिकार अन्र्तगत बलात्कारका १ वटा, बलात्कार तथा यौन दूव्र्यवहारका १ वटा, बहुविवाहका १ वटा र कुटपिट तथा बोक्सीको आरोपका १ वटा मानव अधिकार उलंघनका घटना भएका छन् । यस्तै कपुरकोटमा बहुविवाहका २ वटा र बलात्कार तथा यौन दूव्यवहारका १ वटा गरेर ३ वटा घटना भएका भन् भने बागचौर नगरपालिकाका परिवारजनबाट हत्याका १ वटा र बलात्कार तथा यौन दूव्र्यवहारका १ वटा मानव अधिकार उलंघनका घटना भएका छन् ।
यस्तै छत्रेश्वरी गाउँपालिकामा घरेलु हिंसाका २ वटा, कालिमाटी गाउँपालिकामा घरेलु हिंसाका १ वटा, त्रिबेणी गाउँपालिकामा अन्यपक्षबाट कुटपिट तथा हत्याका १ वटा, दार्मा गाउँपालिकामा अन्यपक्षबाट कुटपिट तथा हत्याका १ वटा र सिद्ध कुमाख गाउँपालिकामा घरेलु हिंसाका १ वटा मानव अधिकार उलंघनका घटना भएका छन् । प्रतिनिधि श्रेष्ठले जिल्लामा क्रियाशिल बिभिन्न निकायहरुले सचेतनाका अभियान सञ्चालन गरेपनि मानव अधिकार उलंघनका घटनामा सोचेअनुसारको कमी आउन नसकेको बताउनुभयो ।
‘अहिले समाजमा जुनसुकैँ घटना घटेपनि स्थानिय तहमा रहेका न्यायिक समिती देखी प्रहरी प्रशासनसम्म आउने गरेका छन्, पिडितलाई न्याय र पिडकलाई कारवाहीको लागि स्थानिय नै सक्रिय भएर लागेका छन्, यसले मानव अधिकार उलंघनका घटनामा केही कमी आएको देखाएको छ’ उहाँले भन्नुभयो ‘तर घरेलु हिंसाका घटना उच्च छन्, घरेलुहिंसाकै घटनाका कारण अरु घटना समेत बढ्ने सक्ने जोखिम निम्तिएको छ ।’
सो अवसरमा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले मानव अधिकार उलंघनका घटनामा कमी ल्याउनको लागि सबैपक्ष जिम्मेवार ढंगले लागेको समयमा घरेलु हिंसाका घटनामा कमी नआउनु राम्रो पक्ष नभएको बताउनुभयो । ‘घरेलु हिंसाका २२ वटामध्ये शारदा नगरपालिकामा मात्रै १५ वटा घटना छन्, यो आफैमा राम्रो पक्ष होइन्, जिल्लाका अरु स्थानिय तहमा पनि यस्ता थुप्रै घटना भएको हुन सक्नछन्’ उहाँले भन्नुभयो ‘त्यो विवरण हाम्रो तथ्यांमा नसमेटिएको हुनसक्छ ।’
उहाँले मानव अधिकार उलंघनका घटनामा कमी ल्याउनको लागी सबै क्षेत्र जिम्मेवार बन्नुपर्ने बताउनुभयो । मदिरा सेवनकै कारण सबैभन्दा धेरै घरेलु हिंसाका घटना भएकाले थप घटना हुन नदिनको लागि सचेतीकरणको कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । मानव अधिकार रक्षक सञ्जालका जिल्ला संयोजक बुद्धि पुनको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।