सल्यानमा गुडिरहेको बसमा करेन्ट प्रवाह हुंदा दुई जनाको घटनास्थलमै मृत्यु : एक जना घाइते

सल्यान, २१ असार ।

सल्यानमा गुडिरहेको यात्रुवाहक बसमा करेन्ट प्रवाह हुंदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडकखण्डको कपुरकोट ३ चोरखोला नजिक बिद्युत लाइनको करेन्ट प्रवाह भैरहेको लत्रीएको तारले बसलाइ छुन पुगेको स्थानियहरुले बताएका छन् । करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउंपालिकाका अन्दाजी ७०वर्षको बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगी रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यस्तै बस धनी सल्यान छत्रेश्री गाउपालिका ६ का अन्दाजी वर्ष ३५ का महेन्द्र ओली गम्भीर घाइते भएका छन् । लत्रीएको बिद्युत तारले बसलाइ छुंदा आज बिहान अन्दाजी साढे १० बजेतिर बसभरी नै करेन्ट प्रवाह भएको थियो । उक्त घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गम्भीर घाइते एकजनालाइ उपचारका लागि दाङ तर्फ पठाइएको छ । दाङबाट सल्यान खौला तर्फ जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस