सल्यान, ३० असार ।
असार लागेसंगै अहिले छिनमैै घाम, छिनमै पानी छिनमै बादलका थुम्काले बेहुली सजाए जस्तै घुम्टो ओडाए जसरी सल्यानका बस्तीहरु लुकाई सिंगारि दिन्छ । स्वर्गको टुक्रा यसरी उपनाम दिदा पनी फर नपर्ने सल्यान जिल्ला कर्णाली प्रदेश अन्र्तगत महाभारत श्रङ्खलाको मध्य भागमा अवस्थित छ । प्राकृतिक, धार्मिक, एंव सांस्कृतिक हिसाबले सल्यान निकै उच्च स्थानमा रहेको छ । सल्यानका विभिन्न पर्यटन क्षेत्र प्रचार–प्रसारको कमिले पनि पछाडि परेका छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्लाका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ । आज हामीले असारे महिनामा विभिन्न कोणबाट क्यामेरामा कैद गरिएका उत्कष्ट तस्वीरहरु राखेका छौ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेरामा कैद गरिएका सात उत्कष्ट तस्वीरहरु :
तस्वीरमा सल्यानको सदरमुकाम खलंगा सँगै पिपलनेटाको केहि भाग ।
कुहिरो संगै लुकामारी खेल्दै गरेको वनगाड कुपिण्डे नगरपालिकामा पर्ने स्वारा बस्ती ।
तस्वीरमा कुहिरोसंगै लुकामारी खेल्दै गरेको अदुवाको लागी प्रसिद्ध माल्नेटा ।
तस्वीरमा कुहिरो संगै लुकामारी खेल्दै गरेको तरकारीको हव कपुरकोट बजार क्षेत्र ।
तस्वीरमा कर्णाली प्रदेशको प्रवेशद्धार कपुरकोट ।
तस्वीरमा शारदा नगरपालिकामा पर्ने साहुटोला बजार ।
तस्वीरमा श्रीनगर खलंगा सडक खण्ड