सल्यान, १० साउन ।
विपि हमालको नयाँ एल्बम रंगीन प्रेम सार्वजनिक भएको छ ।
चर्चित टेलिशृङ्खला गङ्गासागरका निर्मातारनिर्देशक पुर्ण चन्द्र केसी र हेमन्त शिशिरको निर्देशनमा रहेको रंगीन प्रेम सार्वजनिक भएको हो । गीतमा विपि हमाल र सन्ध्या आचार्यको आवाज रहेको छ ।
गीतलाइ हेमन्त शिशिरले संगीत गरेका छन् भने रचना गीतकार पुर्ण चन्द्र केसीले गरेका हुन् । गीतको म्यूजिक भिडियोमा विपि हमाल, ओजस्वी ओली, पुर्ण चन्द्र केसी, उषा सुवेदी लगायतको अभिनय रहेको छ ।
गायक हमाल सल्यानमा रहेर राजनीति सँगै साहित्य र पत्रकारिता क्षेत्रमा समेत कलम चलाउने गर्दछन् । एचपी क्रीयशन युटुब च्यानल मार्फत गीत सार्वजनिक भएको छ ।
भिडियो हेर्नुहोस्