सल्यान, ११ साउन ।
लोक तथा दोहरी गायक भागीरथ चलाउनेको यो वर्षको तिज गीत ‘मायाले त होला’ सार्वजनिक भएको छ। लोक तथा दोहरी क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल र सधै मौलिक गीसंगीतको पछि हिड्ने गायक भागीरथ चलाउनेका थुप्रै लोक दोहरी गीत बजारमा रहेका छन ।
पछिल्लो समय चलाउनेका तिज गीतहरू बजारमा निकै चर्चामा छन।हरेक वर्ष तिज आउन बित्तिकै चलाउनेका फ्यानले तिज गीत खोज्न थाल्छन उसो त गायक चलाउनेले हरेक वर्ष तिज गीत बजारमा ल्याउने गर्नुभएको छ । अघिल्लो वर्ष झम-झम झम्काना वर्षको उत्कृष्ट तिज गीत बनेको थियो । यो वर्ष पनि महिलाको महान पर्व हरितालिका तिज नजिकै आउने क्रममा तिज गीत मायाले त होला सार्वजनिक गर्नुभएको छ ।फ्यानको माया साथले यो वर्ष पनि तिज गीत सार्वजनिक गर्न सफल भएको चलाउनेले बताउनुभयो ।
भागीरथ चलाउनेको स्वरमा रहेका कसलाइ झम झम झम्काना,थोपडाले धोका दियो बरिलै,नरिसाउन कान्छू जस्ता दर्जनौ तिज गीत चर्चामा रहेका छन।
गीत संगीतकै निरन्तरतामा भागीरथ चलाउनेले फेरि अर्को तिज गीत मायाले त होला ल्याउनुभएको हो।गीतमा निकै उत्कृष्ट शब्द समावेश गरिएको छ । गीतमा भागिरथ चलाउने र पछिल्लो समय निकै चर्चा कमाउन सफल गायिका सुनिता बुढा क्षेत्रीको स्वर भरिएको छ। गीतको शब्द लय सिर्जना आफै गर्नुभएको छ ।
मौसम हिमालिको उत्कृष्ट निर्देशनमा रहेको गीतको म्युजिक भिडियो भागीरथ चलाउने र अञ्जना बराईलिको अभियान रहेको छ । गीत भागीरथ चलाउने युट्युव च्यानल बाट सार्वजनिक गरिएको छ !
हेर्नुहोस भिडियो :