सल्यान, १२ साउन ।
सल्यानको शारदा नगरपालिका ७ मा पर्ने रामेखोला, कालिका, र्याले हुदैँ ओखे्रेनी जोड्ने सडकको मर्मत गरिएको हो । वडाअध्यक्ष लिला बहादुर रोकाको नेतृत्वमा शुक्रवार सडकको मर्मत गरिएको हो । बर्खाको समयमा परेको पानीले सडक खाल्डाखुल्डी भएको र डोजरको प्रयोग गर्दा सडक हिलाम्मे भएर सवारीसाधन सञ्चालनमा थप समस्या हुने भएकाले स्थानियको सहभागितामा सडकको मर्मतसम्भार गरिएको वडाअध्यक्ष रोकाले जानकारी दिनुभयो ।
सडकको मर्मतसम्भार हुने र सामाजिक कार्यमा नागरिकको सहभागिता बढ्ने भएकाले मर्मतको काम गरिएको उहाँको भनाइ छ । सडक मर्मतका लागि जनप्रतिनिधि, बुद्धिजिविसँगै करिब २ सय ५० बढी स्थानियको सहभागिता रहेको थियो ।