बाख्रा चराउन गएको बेला ढुंगाले लागेर एक बालकको मृत्यु

Photo file

सल्यान, १३ साउन ।
सल्यानमा बाख्रा चराउन गएको बेला माथिबाट खसेको ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ । शनिवार दिउसोँ २ बजेतीर जिल्लाको शारदा नगरपालिका ९ मा रहेको सुनधारा सामुदायिक बनको पातेखोला भन्ने स्थानमा बाख्रा चराउन गएका सोही वडाको ढिकमुली टोलका ११ बर्षिय अर्जुन बुढाथोकीको ढुंगाले लागेर घटनास्थलमा नै मृत्यु भएको हो ।

बाख्रा चराउन गएको बेलामा माथिबाट ढुंगा खसेर बालकको टाउकोमा चोट लागेको र उनको घटनास्थलमा नै मृत्यु भएको वडाअध्यक्ष हेमेन्द्र कुमार बुढाथोकीले जानकारी दिनुभयो । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस