डा. गोबिन्द केसीले तीन दिन सल्यान जिल्ला अस्पतालबाट हाडजोर्नी सम्बन्धि सेवा दिने


सल्यान, १९ साउन ।
अर्थोपेडिक सर्जन डा. गोबिन्द केसीले सल्यान जिल्ला अस्पतालबाट ३ दिन सेवा दिनुहुने भएको छ । शुक्रबार सल्यान आइपुग्नु भएका उहाँले शनिबार देखी सोमबार सम्म हाडजोर्नी सम्बन्धि उपचार सेवा दिनु हुने भएको हो ।

सो अवसरमा हात खुट्टा भाँचिएको मेजर तथा माइनर अप्रेसन, हड्डी खिइएको तथा ढाड कम्मर सम्बन्धि समस्याको चेकजाँच तथा उपचार सेवा प्रदान गरिने छ । उपचार सेवा बिहान ८ बजे देखी शुरु हुने स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस