सल्यानमा घाँटी रेटिएको अवस्थामा महिलाको शव मकैँबारीमा फेला

सल्यान, २१ साउन ।
सल्यानमा घाँटी रेटिएको अवस्थामा महिलाको शव मकैँबारीमा फेला परेको छ । जिल्लाको शारदा नगरपालिका–१४ माल्नेटा ढारखानी निवासी अन्दाजी ४७ वर्षकी प्रमिला गिरी आइतबार बिहान गाउँ नजिकै मकैँबारीमा मृत फेला परेकी हुन् । बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजीकार्य गर्दा मकैँबारीमा मृत अवस्थामा भेटिएकी हुन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानको टोली पुगिसकेको छ । ‘महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ, हामी घटनास्थलमा नै छौँ, घटनाका बारेमा अनसन्धान गरिरहेका छौँ’ प्रहरी स्रोतले भन्यो ।

 

प्रतिक्रिया दिनुहोस