सल्यान, २३ साउन ।
सल्यानको शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौरमा २३ बर्षका नबिन भण्डारीले ४८ बर्षिया आमा शारदा भण्डारीको हत्या गरेका छन् । मंगलवार विहान ४ बजेको समयमा एक्कासी आमाबुवा सुत्ने कोठामा गई पैंयाको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । आरोपित छोरा घरमा आमाबुवासँग बस्दै आएका थिए ।
प्रहरीले आरोपित छोरालाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक (इन्स्पेक्टर) सन्तोष खनालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको छ ।