सल्यान, ४ भदौँ ।
रुकुम पश्चिमको नुवाकोटबाट दाङ तर्फ जाँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना हुँदा घाइते मध्ये २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान दार्मा गाउँपालिका २ का ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओम्पत खत्री र रुकुम पश्चिम सानोभेरी गाउँपालिका ११ का ६० वर्षीय कमारो कामी रहेका छन् । दुवै जनाको दाङ तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सोमबार दिउँसो राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका ३ आगरखोलामा लु २ ख ५७३१ नम्बरको फोर्स गाडी दुर्घटना भएको थियो । घाइतेहरुको उपचार भइरहेको छ । चालक भने अझै फरार रहेका छन् ।