‘साक्षरता कार्यक्रमले बिद्यार्थीको पढाईमा सुधार’

प्रारम्भिक तहका बालबालिकाहरुको पढ्ने सिप र पढ्ने बानीको विकास गर्ने हेतुका साथ हाल जिल्लाका ६८ वटा बिद्यालयमा पालिकासँगको सहकार्यमा साक्षरता कार्यक्रम सञ्चालन भैरहेको छ ।

सल्यान, १३ भदौँ ।
सल्यानका सामुदायिक बिद्यालयमा सञ्चालित साक्षरता कार्यक्रमको अर्धबार्षिक समिक्षा गरिएको छ । सन् २०१८ देखी जिल्लाका विभिन्न सामुदायिक बिद्यालयमा सञ्चालित यस कार्यक्रमको मंगलवार श्रीनगरमा अर्धबार्षिक समिक्षा गरिएको हो । प्रारम्भिक तहका बालबालिकाहरुको पढ्ने सिप र पढ्ने बानीको विकास गर्ने हेतुका साथ हाल जिल्लाका ६८ वटा बिद्यालयमा पालिकासँगको सहकार्यमा साक्षरता कार्यक्रम सञ्चालन भैरहेको छ ।

जसमा सन् २०२२ मा ४४ वटा बिद्यालय र सन् २०२३ मा २४ वटा बिद्यालयमा साक्षरता कार्यक्रम चलिरहेको छ । जसअन्र्तगत सन् २०२२ मा शारदा नगरपालिका, बागचौर नगरपालिका, दार्मा गाउँपालिका र सिद्धकुमाख गाउँपालिकाका ११/११ वटा बिद्यालयमा साक्षरता कार्यक्रम सुरु भएको हो ।

यस बर्ष सन् २०२३ मा बागचौर नगरपालिकाका ९ वटा, छत्रेश्वरी गाउँपालिका र त्रिबेणी गाउँपालिकाका ६/६ वटा तथा दार्मा गाउँपालिकाका ३ वटा बिद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन भैरहेको छ । बिद्यार्थीहरुको सिकाइलाई जहाँ पनि जहिले पनि निरन्तरता दिने उद्धेश्यका साथ रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागि कोठाको प्राविधिक सहयोग, दलित विकास समाज (डिडिएस) सल्यानको व्यवस्थापन र जिल्लाका स्थानिय तहको लागत साझेदारीमा साक्षरता कार्यक्रम सञ्चालन भैरहेको छ ।

अर्धवार्षिक समिक्षा कार्यक्रमका सहभागिहरुले सामुदायिक बिद्यालयको संरचनागत सुधारसँगै शैक्षिक सुधारका लागि साक्षरता कार्यक्रम प्रभावकारी बनेको बताएका छन् । उनीहरुले कक्षा १, २ र ३ मा अध्ययनरत साना बिद्यार्थीहरुको व्यवहार परिवर्तन र पढ्ने वानीको बिकास गर्न साक्षरता कार्यक्रम महत्वपुर्ण भएको बताएका हुन् ।

शारदा नगरपालिका शिक्षा अधिकृत संगिता बुढाले साक्षरता कार्यक्रमलाई नगरका सबै बिद्यालयमा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । नगरका ५७ वटै बिद्यालयमा बालमैत्री बसाइ व्यवस्थापन गरिएको, बुक कर्नर र पुस्तकहरुको व्यवस्था गरिसकेको उहाँको भनाइ छ । बागचौर नगरपालिका शिक्षा अधिकृत चित्रा बस्नेतले साक्षरता कार्यक्रमलाई सबै बिद्यालयमा विस्तार गर्नसके जिल्लाको शैक्षिकस्तरमा गुणात्मक सुधार आउने बताउनुभयो ।

साक्षरता कार्यक्रमका बरिष्ठ अधिकृत बाबुराम पोख्रेलले प्रर्दशन, सहकार्य र विस्तार ढाँचाका बारेमा प्रकाश पार्दै अबका दिनमा पालिकाको प्रणालीमा एकीकृत गरेर पालिकाका सबै बिद्यालयमा कार्यक्रम बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो । सिनियर कार्यक्रम सहायक तपेन्द्र वलीले बिद्यार्थीको मुल्यांकन गर्दा सारक्षता कार्यक्रम सञ्चालन भएपछि उनीहरुको क्षमतामा राम्रो विकास भएको बताउनुभयो ।

समिक्षा कार्यक्रममा दार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख रोम प्रसाद पाण्डे, त्रिबेणी गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक टोप बहादुर नेपाली, छत्रेश्वरी गाउँपालिका शिक्षा शाखाका प्रतिनिधि अमृता चन्द, दलित विकास समाज सल्यानका साक्षरता कार्यक्रम संयोजक टेकराज शाही, नेपाल पत्रकार महासंघ सल्यानका सहसचिव बुद्धि पुन लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा साक्षरता सहजकर्ता भरत डिसी र गिता कुमारी गिरीले बिद्यालयमा भैरहेका गतिविधिका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण साक्षरता सहजकर्ता कमल महतराले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित