सल्यान, १७ भदौँ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानले आफ्नो स्थापना दिवसका अवसरमा जिल्लाभर नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । ६१ औँ स्थापना दिवसका अवसरमा तीन दिन जिल्लाभर नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्न लागिएको हो ।
जिल्लाभर बिभिन्न खालका बिरामी, अपांगता भएका ब्यक्ति, जेष्ठ नागरिक, सुत्केरी, आर्थिक अभाव तथा निम्न आय भएका र बिभिन्न खालका समस्याले उपचारबाट बञ्चित भैरहेका बिरामीको सहजताका लागि नि:शुल्क एम्बुलेन्स प्रदान गर्न लागिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका लेखा तथा प्रशासन प्रमुख बिरेन्द्र कुमार राईले जानकारी दिनुभयो ।
यसरी तीन दिन सम्म सञ्चालन हुने एम्बुलेन्सले जिल्लाभरका बिरामीलाई जिल्ला अस्पताल सल्यान सम्म लैजान सहयोग गर्ने छ । नि:शुल्क एम्बुलेन्ससेवा यहि भदौ १८, १९ र २० गते सञ्चालन हुने छ ।