स्थापना दिवसको अवसरमा विरामीलाई फलफूल वितरण

सल्यान, २० भदौ ।
जिल्ला अस्पताल सल्यानमा रहेका विरामीलाई फलफूल वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको ६१ औँ स्थापना दिवसका अवसरमा जिल्ला अस्पताल सल्यानमा रहेका विरामीलाई फलफूल वितरण गरिएको हो । सल्यान रेडक्रस सधैँ, सबैसँग छ भन्ने सन्देश प्रवाह गर्नको लागि स्थापना दिवसका अवसरमा फलफूल वितरण गरिएको हो ।

फलफूल वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका सभापति यौवनप्रकाश श्रेष्ठ, मन्त्री इन्द्र कुमार शर्मा, कोषाध्यक्ष मनविर बस्नेत, सदस्य तारा गिरी, लेखा तथा प्रशासन प्रमुख विरेन्द्र कुमार राई, जिल्ला अस्पताल व्यवस्थापन समितीका पुर्वअध्यक्ष दामोदर शर्मा, जिल्ला अस्पतालका डा. पुजा आचार्य लगाएतको सहभागिता रहेको थियो ।

सो अवसरमा अस्पतालमा उपचाररत झण्डै दुई दर्जन विरामीलाई फलफूल वितरण गरिएको थियो । रेडक्रस सल्यानले आफ्नो स्थापना दिवसका अवसरमा सोमबार, मंगलवार र आज बुधबार जिल्लाभर निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित