एमाले पार्टी होइन, ओेली गुट होः महासचिव भुसाल

सल्यान, २९ भदौँ ।
नेकपा (एकीकृत समाजवादी) का घनश्याम भुसालले नेकपा एमाले, पार्टी नभएर ओेली गुटमात्र भएको टिप्पणी गनुभएको छ । पार्टीको नीतिअनुसार नेता चल्नु पर्नेमा एमालेमा नेतावादी नीति मौलाउँदै गएको चर्चा गर्दै उहाँले एमाले ओेली रूचाउनेहरूको झुन्डमात्र भएको टिप्पणी गर्नुभएको हो । जसका कारण संसद विघटन देखी नेकपा विभाजन हुदैँ एमाले फुटेको उहाँको भनाइ छ ।

समाजवादी प्रेस संगठन नेपाल, सल्यानले शुक्रवार खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव भुसालले यस्तो बताउनुभएको हो । ‘बामपन्थि कम्युष्टि पार्टी एक हुनुको साटो ओलीकै कारण एमाले फुटेको हो, हामीले विचार र सिद्धान्त मिल्ने कम्युनिष्ट पार्टीका विचमा एकताको कुरा गरिरहेका छौँ, तर ओलीकै कारण तत्काल एमालेसँग एकताको सम्भावना छैन्’ उहाँले भन्नुभयो ।

उहाँले पार्टीको प्रशिक्षण शैलीमा सुधार गर्नुपर्ने जनाउँदै लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको दावी गर्नुभयो । ‘लोकतन्त्रमा देश बनाउने शक्ति भनेको नै पार्टी हो, देशको अर्थतन्त्र बनाउने र देश बनाउनका लागि विचार र विमर्शसहितको पार्टी आवश्यक छ, त्यो पार्टी भनेकै नेकपा एकीकृत समाजवादी पार्टी हो’ उहाँले भन्नुभयो ।

भुसालले आफ्नो पार्टी महाधिबेशन केन्द्रित भएको र महाधिबेशनबाट पार्टी राजनितिक र सांगठिक रुपमा बलियो बन्ने बताउनुभयो । ‘पछिल्लो राजनितिक सन्नटाको बारेमा हामीले देशभर पार्टीका नेताकार्यकर्ता र आमनागरिकलाई जानकारी दिने तयारी गरेका छौँ’ उहाँले भन्नुभयो । महासचिव भुसालले समाजवादी मोर्चाले सरकार टिकाउन मात्रै ध्यान नदिएर जनताका मुद्धामा केन्द्रित भएर काम गर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव एवम् भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, केन्द्रिय सदस्य लक्षमण केसी, जिल्ला अध्यक्ष हरी केसी लगाएतको सहभागिता रहेको थियो । संगठनका जिल्ला अध्यक्ष बुद्धि पुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण उपाध्यक्ष बामदेव केसीले गर्नुभएको थियो ।

यसैविच नेकपा एकीकृत समाजवादी सल्यानको जिल्ला कमिटीको पुर्ण बैठक पार्टीका महासचिव भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

 

प्रतिक्रिया दिनुहोस