सल्यान, ७ असोज ।
मानव अधिकार तथा शान्ति समाज सल्यानको २४ औँ साधारणसभा सम्पन्न भएको छ । ‘चुरे ध्वस्त पार्न पाइदैन, मरुभुमिकरण गर्ने निति चाहिदैन’ भन्ने नाराका साथ शनिवार एक कार्यक्रमका बिच साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाका सहभागिहरुले मानवमा मानवियताको भावना हराउदै गएकाले यसमा गम्भिर भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । शान्ति समाज सल्यान शाखाकी सभापति बिमला डाँगीको अध्यक्षता एवम शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै भण्डारीले चुरे दोहन तिब्र गतिमा बढिरहेकाले यसको प्रत्यक्ष क्षति पृथ्विमा रहेका सम्पुर्ण जिवित प्राणीमा पर्ने भएकोले यसको नियन्त्रणमा सबै लाग्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।
यस्तै शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेतले समाजमा हाल मानवियता पनि हराउदै गएकोले यसको बिषयमा गम्भिर भएर सोेच्ने अवस्था सिर्जना भएको बताउनुभएको छ ।
कार्यक्रममा शान्ति समाजका केन्द्रिय सदस्य तुलाराम सुनार, जिल्ला मानब अधिकार शान्ति समाजका पुर्वसभापति बिष्णु शर्मा, जिल्ला बार एसोशियसनका अध्यक्ष चन्द्र प्रकाश वली, नेपाल पत्रकार महासंघ सल्यानका उपध्यक्ष सरिता चलाउने, अधिकारकर्मी मुना हमाल लगाएतकाले बोल्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मानब अधिकार शान्ति समाजका सचिब अंगेश्वर डाँगीले गर्नुभएको थियो ।