सल्यानमा जीप दुर्घटना : २ जनाको मृत्यु : १ जना घाइते

सल्यान, ८ असोज ।

तरकारी बोकेर तुलसीपुरतर्फ जादै गरेको रा १ च १०२५ नं. को जीप राप्ती राजमार्गअन्तरगत कपुरकोट-३ चोरखोलानजिक सेतापैरा भन्ने स्थानमा दुर्घटना भएको छ ।

दुर्घटनामा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् । घाइते हुने तुलसीपुर-२ का ३५ वर्षीय नारायण योगी हुनुहुन्छ । उहाँलाई उपचारका लागि दाङ पठाइएको र मृतकहरूको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आज बिहान सवा ६ बजेतिर उक्त जिप अनियन्त्रित भइ दुर्घटना भएको थियो । दुर्घटनामा परेको जीप सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

मृतकहरुको नामावली

निम्न:-

थप अपडेट

१) चालक जिल्ला दाङ तुलसिपुर उ.म.न.पा. १८ बस्ने वर्ष अं. २५।२६ को भक्त बहादुर घर्ती

२ साहु जिल्ला दाङ तुलसिपुर उ.म.न.पा. १८ बस्ने वर्ष अं. ५० को गणेश बुढा

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित