सल्यान, १५ कार्तिक
जिल्ला ब्याडमिन्टन संघ सल्यानका संस्थापक अध्यक्ष मान बहादुर मल्ल नेपाल ब्याडमिन्टन संघको केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । गएराति सम्पन्न नेपाल ब्याडमिन्टन संघको केन्द्रीय अधिवेशनबाट रामजी बहादुर श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।
जसको केन्द्रिय उपाध्यक्षमा सल्यानका मल्ल निर्वाचित हुनुभएको हो । जिल्ला खेलकूद विकास समिती सल्यानका पुर्वअध्यक्ष समेत रहनु भएका मल्ल विगत लामो समय देखी सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ ।