सल्यान, १६ कार्तिक ।
सल्यानको शारदा नगरपालिकाले प्लाष्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएको छ । तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको प्रयोग गर्न आग्रह गर्दै नगरपालिकाले प्लाष्टिकजन्य फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएको हो । नगरपालिकाले जारी गरिएको सुचनामा भनिएको छ ‘नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना अनुसार प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्रिवितरण वा भण्डारण नगर्नु हुन सबैमा अनुरोध गर्दछौँ ।’
यस्तै अन्य उपभोग्य सामग्रीहरुका साथै पटकाजन्य विष्फोटक पदार्थहरु खरिद तथा विक्रि वितरण र भण्डारण नगर्न आग्रह समेत गरिएको छ । साथै अनुगमनका क्रममा नेपाल सरकारको उक्त निर्णय विपरित कुनै कार्य गरेको पाईएमा कानून बमोजिम कारबाहि प्रकृया अगाडि बढाईने सुचनामा उल्लेख गरिएको छ ।