भुकम्पमा परि सल्यानका तीन जनाको मृत्यु : एक सय २२ घरमा क्षति

जिल्लाको दार्मा गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिका घर भइ मामाघर रुकुम पश्चिम गएका तीन जनाको मृत्यु भएको हो ।

सल्यान, १८ कार्तिक ।
जाजरकोट केन्द्र भएर शुक्रवार राति गएको भुकम्पमा परी सल्यानका तीन जनाको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिका घर भइ मामाघर रुकुम पश्चिम गएका तीन जनाको मृत्यु भएको हो । जसमा दार्मा गाउँपालिका–६ मलिवाङ निवासी २५ वर्षीया भूमिका मल्ल र उनका ४ वर्षिय छोरा लेखनाथ मल्लको रुकुम आठविसकोटमा भूकम्पमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–४ गर्चेका ३ वर्षीय वासुदेव बुढाको मृत्यु भएको हो । आमासँगै मामाघर रुकुम पश्चिम आठविसकोट नगरपालिका पिपलचौर गएका उनको भूकम्पमा परी मृत्यु भएको हो । उनीकी आमा अन्दाजी २२ वर्षीया भद्रकला देवकोटा बुढा भने घाइते हुनुभएको छ ।

जिल्लाभर १ सय २२ घरमा क्षति

भुकम्पका कारण जिल्लामा १ सय २२ घरमा क्षति भएको छ । जसमा २५ वटा घरमा पुर्णरुपमा क्षति भएको छ । यस्तै ७७ वटा घरमा आंशिक र १९ वटा घरमा सामान्य क्षति भएको छ । भुकम्प प्रभावित घरको क्षति मुल्यांकनको काम भैरहेकाले क्षति भएका घरको संख्या बढ्न सक्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस