जागृतको निर्णय प्रमाणिकरण कार्यक्रम : कुल पुँजी ८ करोड ३० लाख

पछिल्लो समय सहकारीहरुको लगानी अनुत्पादन क्षेत्रमा बढी देखिएकाले उत्पादनका कार्यमा शेयर सदस्यलाई प्रोत्साहन गर्दै लगानी बढाउनुपर्ने उहाँको भनाइ छ ।

सल्यान, २२ कार्तिक ।
सल्यानको शारदा नगरपालिका–४ साहुटोलमा रहेको जागृत वचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल पुँजी ८ करोड ३० लाख रुपैँया पुगेको छ । २०५१ सालमा बचत समुह गठन गरि सुरुवात भएको सहकारीको कुल पुँजी ८ करोड ३० लाख ७३ हजार ५ सय ६९ रुपैँया पुगेको हो । सहकारीको शेयर पुँजी ६८ लाख ७५ हजार ८ सय रुपैँया रहेको छ ।

यस्तै नगद मौज्दात रु.१४ हजार ९ सय, बैँक मौज्दात रु.६० लाख ३ हजार ४ सय ११, लगानी हिसाव रु.३ लाख ८१ हजार ९ सय ९२, कर्जा लगानी हिसाव रु.६ करोड ७२ लाख ६३ हजार ५ सय ३० रुपैँया रहेको छ । यस्तै स्थिर सम्पत्ति ९० लाख ४६ हजार ९ सय १५ रुपैँया रहेको सहकारीले जनाएको छ ।

सहकारीको २८ औँ बार्षिक साधारण सभाका निर्णय प्रमाणिकरण कार्यक्रममा बोल्दै शारदा नगरपालिका–४ का वडाअध्यक्ष किशोर कुमार हमालले सहकारी वचत गर्ने मात्रै नभएर उत्पादन र आर्थिक उपार्जनका कार्यमा सरिक हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय सहकारीहरुको लगानी अनुत्पादन क्षेत्रमा बढी देखिएकाले उत्पादनका कार्यमा शेयर सदस्यलाई प्रोत्साहन गर्दै लगानी बढाउनुपर्ने उहाँको भनाइ छ ।

‘शेयर सदस्यलाई लगानी गर्न प्रोत्साहन गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक छ, अनुत्पादनको क्षेत्रमा गरिने लगानीलाई कम गर्नुपर्छ, सहकारी मात्रै होइन्, शेयर सदस्य पनि आत्मनिर्भर बन्न जरुरी छ’ उहाँले भन्नुभयो । आजको वचत भोलीको साहारा भएकाले बचत गर्ने बानीको विकास गरिनुपर्ने उहाँको भनाइ छ ।

सहकारीका कार्यवाहक अध्यक्ष ज्ञान प्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव कल्पना सेजवालले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित