File Photo
सल्यान, २४ कार्तिक ।
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा खेलिने देउसि–भैलो लगायतका कार्यक्रम सल्यानमा १० बजे रातिसम्म मात्रै खेल्न पाइने भएको छ । शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सल्यानले शुक्रवार एक सूचना जारी गर्दै देउसी–भैलो कार्यक्रम राती १० बजेसम्म मात्र खेल्न अनुरोध गरेको हो ।
‘हिन्दुहरुको महान चाड दिपावलीको अवसरमा मनाइने देउसी, भैलो कार्यक्रम शान्ति, सुरक्षालाई मध्यनजर राखि रातको १० बजेसम्म मात्रै मनाउनुहुन सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध छ, साथै निषेधित गरिएका प्लाष्टिकजन्य फूलमालाको प्रयोग तथा बेचबिखन नगर्न/नगराउन सबैमा अनुरोध छ’ जिल्ला प्रशासन कार्यालय सल्यानबाट जारी सूचनामा उल्लेख गरिएको छ ।
यस्तै दीपावलीको समयमा पटका, अतिसबाजी र भुइचम्पा जस्ता विष्पोटक पदार्थको प्रयोग, आयात र ओसारपसारमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काद्धारा जारी सुचनामा भनिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय सल्यानले प्लास्टिकका माला बिक्री वितरणमा रोक लगाएको छ । प्लास्टिकजन्य फूलगुच्छा तथा माला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो ।
दीपावली, नेपाल संवत् तथा छठ पर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लास्टिकका फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
सूचना :