दार्माका भुकम्प प्रभावितलाई सल्यान जेसिजले दियो राहत

सल्यान, २६ कार्तिक ।
सल्यानको दार्मा गाउँपालिकाका भुकम्प प्रभावितलाई सल्यान जेसिजले राहत हस्तान्तरण गरेको छ । कार्तिक १७ गते राति गएको भुकम्पबाट प्रभावित दार्मा गाउँपालिकाका प्रभावितलाई राहत स्वरुप सल्यान जेसिजले गाउँपालिका अध्यक्ष निम बहादुर केसीलाई चामल र सिरक हस्तान्तरण गरेको हो ।

जसमा चामल १२ बोरा, सिरक १६ थान, म्याटरेट १०० मिटर हस्तान्तरण गरिएको सल्यान जेसिज (बर्ष २०२३) का अध्यक्ष डम्बर केसीले जानकारी दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा सल्यान जेसीजका संस्थापक अध्यक्ष जेसी राजेन्द्र कुमार थापा, निवर्तमान अध्यक्ष जेसी नरेन्द्र बुढामगर, कार्यकारिणी उपाध्यक्ष जेसी अंगत वली, महासचिव जेसि सुशिल उपाध्याय, बर्ष २०२० का महासचिव जेसी दिपेन्द्र डाँगी, सदस्य जेसी नारायण दाहाल लगाएतको उपस्थिती रहेको थियो ।

विपदको समयमा सल्यान जेसिजले राहत स्वरुप चामल, सिरक र म्याटरेट सहयोग गर्दै भन्दै पालिका अध्यक्ष केसीले धन्यवाद व्यक्त गर्नुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित