सल्यान, ४ मंसिर ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले २९ औँ स्थापना दिवस मनाउने तयारी गरेको छ । महासंघको जिल्ला शाखा गठनका लागि तदर्थ समिती गठन भएको दिनको सम्झनामा आज सल्यान शाखाले २९ औँ स्थापना दिवस मनाउने तयारी गरेको हो । स्थापना दिवसका अवसरमा अहिले बेलुका साढेँ ५ बजे खलंगाको पुरानो बसपार्कमा दिपप्रज्ज्वलन गर्ने तयारी गरिएको हो ।
दिप प्रज्ज्वलन कार्यक्रममा महासंघका पदाधिकारी, सल्लाहकार, कार्यसमिती सदस्य, साधारणसदस्य तथा सबै पत्रकार एवम् सञ्चारकर्मीलाई जिल्ला शाखाले उपस्थितीका लागि अनुरोध गरेको छ । महासंघको नयाँ शाखाका लागि २०५२ साल मंसिर ४ गते तदर्थ समिती गठन गरिएको थियो ।