भुकम्पका कारण बिद्यालय भवनमा क्षति : ‘पाल’ मा बसेर पढ्दै बिद्यार्थी

‘बिद्यालयका भवन भत्किएका छन्, केही बिद्यालयका भवन बस्नै नमिल्ने गरेर चर्किएका छन्, बालबालिकाहरु घरमा र बिद्यालयमा दुवै तर्फबाट प्रभावित भएका छन्’ उहाँले भन्नुभयो भन्नुभयो ‘केही बालबालिकाको घर भत्किएको छ, त्रिपालमा बसेका छन्, बिद्यालय भवन चर्किका छन्, पालमा बसेर पढ्न थालेका छन् ।’

सल्यान, ७ मंसिर ।

सल्यानको दार्मा गाउँपालिकामा रहेका बिद्यालयहरुले पालमुनीबाट पठनपाठन सुरु गरेका छन् । कार्तिक १७ गते राति आएको भुकम्पले बिद्यालयका भवन बस्दै नमिल्ने गरेर चर्किएपछि केही बिद्यालयले पालमुनीबाट त केही बिद्यालयले खुलाचौरबाट पठनपाठन सञ्चालन गरेका हुन् । दार्मा गाउँपालिकामा सामुदायिक ३३ वटा र संस्थागत एक वटा बिद्यालय रहेका छन् ।

ती मध्ये २१ वटा बिद्यालय भुकम्पबाट प्रभावित भएका छन् । दार्मा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत रोम प्रसाद पाण्डेयले गाउँपालिका भित्रका ९ वटा सामुदायिक बिद्यालय पुर्ननिर्माण गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो । जसमा एक माद्यामिक बिद्यालय, तीन निम्न माद्यामिक बिद्यालय र पाँच वटा प्राथामिक बिद्यालय रहेका छन् ।

गाउँपालिकामा रहेका ६ हजार ५०३ बिद्यार्थी मध्ये आधाभन्दा बढी बिद्यार्थी भुकम्पबाट प्रभावित भएको उहाँको भनाइ छ । ‘बिद्यालयका भवन भत्किएका छन्, केही बिद्यालयका भवन बस्नै नमिल्ने गरेर चर्किएका छन्, बालबालिकाहरु घरमा र बिद्यालयमा दुवै तर्फबाट प्रभावित भएका छन्’ उहाँले भन्नुभयो भन्नुभयो ‘केही बालबालिकाको घर भत्किएको छ, त्रिपालमा बसेका छन्, बिद्यालय भवन चर्किका छन्, पालमा बसेर पढ्न थालेका छन् ।’

जाडोयाम भएकाले केही बिद्यालयले चौरमा राखेर पठनपाठन सञ्चालन गरेका छन् । ‘बिद्यार्थीको पढाइलाई नियमित बनाउनको लागि कक्षा सञ्चालन गरेका छौँ, बिभिन्न निकायबाट पालिकामा प्राप्त पाल बिद्यालयमा पठाएका छौँ, बिद्यालयले बिद्यार्थीको नियमित पठनपाठनको व्यवस्थापन मिलाएका छन्’ उहाँले थप्नुभयो । भुकम्पका कारण बालबालिकाको पठनपाठनलाई पहिलेकै लयमा फर्काउन समस्या भैरहेको उहाँको भनाइ छ ।

दार्मा गाउँपालिका–३ फारुलाचौरमा रहेको जनज्योति माद्यामिक बिद्यालयले बिद्यालय परिसरमा ६ वटा पाल टाँगेको छ । भुकम्पले बिद्यालयको तीन तले एउटा भवन चर्किएर बस्नै नमिल्ने भएको र सोही भवनका कारण अर्को भवन पनि जोखिममा परेकाले पालमुनी नै बिद्यार्थी राखेर पठनपाठन थालिएको प्रधानाध्यापक मिन बहादुर वलीले बताउनुभयो । अहिले बालविकास, कक्षा १ र कक्षा ३ का बिद्यालयले पालमा बसेर पढ्दै आएका छन् ।

यस्तै कक्षा १२ मा अध्ययनरत बिद्यार्थीले चौरमा बसेर पढ्दै आएका छन् । ‘भवन बस्नै नमिल्ने गरेर चर्र्किएका छन्, बिशेषगरी चारवटा कक्षा प्रभावित भएका छन्, एउटा कक्षामा ५० जना बढी बिद्यार्थी छन्, हामीले ६ वटा पाल निर्माण गरेका छौँ, तर पाल साना भएकाले एउटै कक्षाका बिद्यार्थीलाई समेत दुईवटा पालमा राखेर पठनपाठन सुरु गरेका छौँ’ उहाँले भन्नुभयो ‘कक्षा १२ का बिद्यार्थी कहिले चौरमा त कहिले पुस्तकालयमा बसेर पढ्दै आएका छन् ।’

यस बिद्यालयमा एक हजार ३९६ जना बिद्यार्थी रहेका छन् । तीमध्ये ३ सय ५० बढी बिद्यार्थी प्रत्यक्ष प्रभावित भएको उहाँको भनाइ छ । ‘पालमा पठनपाठन गराउन समस्या भैरहेको छ, पाल साँघुरा छन्, वोर्ड राख्न, शैक्षिक सामाग्री राख्न नै मिलेको छैन्, बिद्यार्थीलाई म्याटमा राखेका छौँ’ उहाँले थप्नुभयो ‘चर्किएको भवनको मर्मत गर्ने वा पुर्ननिर्माण गर्ने भन्ने बारेमा टुंगो छैन्, अर्को व्यवस्था नभएसम्म पालमा नै राखेर पठनपाठन गराउछौँ ।’

दसैँ, तिहार र छठ पर्वको लामो बिदापछि विद्यालय खुलेपनि पहिलेको जस्तो सहजरुपमा पठनपाठन गर्न नपाएको बिद्यार्थीको गुणासो छ । भुकम्पले घर भत्किदा कतिपय बालबालिकाको किताव, कापि र कलम समेत पुरिएको जनाइएको छ । कक्षाकोठा चर्किएको देखेर पढ्न समेत असहज लाग्ने गरेको बिद्यार्थी बताउँछन् ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित