सल्यान, ९ मंसिर ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर ८ ले वडामा रहेका बिद्यालय क्षेत्रभित्र मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । जिल्लामा लागूऔषध बिरुद्धको ‘लाल्टिन’ अभियान सुरु भएसंगै यस वडाले बिद्यालय क्षेत्रभित्र मदिरा तथा सुर्तीजन्य पदार्थको उत्पादन, बिक्री वितरण तथा ओसारपसारमा रोक लगाएको हो ।
मदिरा र सुर्तीजन्य पदार्थको लतमा बिद्यालय उमेर समुहका बालबालिका फस्ने जोखिम बढी हुनेभएकाले बिद्यालय क्षेत्रआसपासका व्यवसायीलाई सचेत बनाउदैँ अवको ३० दिनभित्रमा मदिरा तथा सुर्तीजन्य पदार्थ नष्ट गर्न सचेत गराइएको वडाअध्यक्ष लक्ष्मण बुढाथोकीले जानकारी दिनुभयो ।
‘वडा नम्बर ८, नाउला बजारमा रहेको त्रिभुवन जनता माद्यामिक बिद्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी वरपरको १०० मिटर क्षेत्रमा मदिरा तथा सुर्तीजन्य पदार्थ उत्पादन, बिक्री वितरण तथा ओसारपसार गर्न नपाइने निर्णय भएको हुदाँ सोही अनुसार अवको ३० दिनभित्रमा मदिरा र सुर्तीजन्य पदार्थ नष्ट गर्न व्यवसायीलाई आग्रह गर्दछौँ, यदी वडाको निर्णयको अवज्ञा गरेको पाइएमा कानुनी वमोजिम कारवाही गरिने छ’ जारी सुचनामा भनिएको छ ।
सुचना :