प्राविधिक शिक्षा पढेर बिदेश जानु पर्दैन : मन्त्री ज्वाला

‘अव प्राविधिक विषय पढेर बिदेश जानु पर्दैन, नेपालमा पढेर आर्जन गरेको ज्ञान नेपालमा नै लगाउने हो, यहि लगानी गर्ने हो, रोजगारी यहि मिल्छ’ उहाँले भन्नुभयो ‘असुक्षित भएर रोजगारी खोज्दै विदेश जानुपर्दैन्, मेहनतका साथ पढौँ, देशका लागि दक्ष जनशक्ति आवश्यक छ ।’

सल्यान, १० मंसिर ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्राविधिक शिक्षा पढेर विदेश जानु नपर्ने बताउनुभएको छ । उहाँले देशमा नै रोजगारीका थुप्रै अवसर रहेकाले प्राविधिक शिक्षा पढेर विदेन पनि जानु नपर्ने र बेराजगारी भएर बस्नु पनि नपर्ने बताउनुभएको हो । आइतवार सल्यानको शारदा नगरपालिका–४ साहुटोलमा रहेको शहिद नेत्रलाल बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो ।

‘अव प्राविधिक विषय पढेर बिदेश जानु पर्दैन, नेपालमा पढेर आर्जन गरेको ज्ञान नेपालमा नै लगाउने हो, यहि लगानी गर्ने हो, रोजगारी यहि मिल्छ’ उहाँले भन्नुभयो ‘असुक्षित भएर रोजगारी खोज्दै विदेश जानुपर्दैन्, मेहनतका साथ पढौँ, देशका लागि दक्ष जनशक्ति आवश्यक छ ।’ उहाँले प्राविधिक शिक्षा आर्जन गरेर विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिनुपर्ने बताउनुभएको छ ।

अहिले पढ्दै कमाउदै कार्यक्रम पनि सञ्चालनमा रहेकाले यसले विद्यार्थीलाई पठन कार्यमा निर्धक्क भएर लाग्न सहज हुने उहाँको भनाइ छ । ‘संरचनागत सुधार गर्नुपर्छ भने गरौँ, नयाँ बिषय थप गर्नुपर्छ भने गरौँ, अहिले सिभिल इन्जिनियरिङ र पशु बिज्ञान पढाइ भैरहेको छ, अव आइटी र फार्मेसी बिषय थप गर्ने बिषयमा म पनि सहयोग गर्छु’ उहाँले भन्नुभयो ‘यहाँबाट उत्पादन भएको जनशक्ति देश निर्माणमा लागोस्, विदेश जानुपर्ने बाध्यताको अन्त्य होस् ।’

मन्त्री ज्वालाले समाज रुपान्तरणका लागि शहिद नेत्रलालले खेलेको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । ‘शहिद नेत्रलाल सबैको प्रेरणाको स्रोत हुनुहुन्छ, हामी अहिले उहाँले देखाएको बाटोमा हिडिरहेका छौँ, अव उहाँको नाममा संग्राहलय निर्माण गरौँ, उहाँले लेखेका कृति राखेर पुस्तकालय स्थापना गरौँ, रचनात्मक र सिर्जनात्मक गरौँ’ मन्त्री ज्वालाले भन्नुभयो ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले रोजगारीका अवसर प्राप्तिका लागि प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । ‘हाम्रै पालिकामा प्राविधिक शिक्षालय हुनु हामी सबैको गौरवको बिषय हो, बिद्यार्थीले पढ्ने वानीको विकास गर्नुपर्छ, प्राविधिक बिषय पढेपछि रोजगारीका अवसर थुप्रै भेटिन्छन्’ उहाँले भन्नुभयो ।

कार्यक्रममा शहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठान संरक्षक बिष्णु पौडेल, प्रतिष्ठानका अध्यक्ष शम्भु गौतम लगाएतले बोल्दै समाज रुपान्तरणका लागि शहिद नेत्रलालले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । शहिद नेत्रलाल बहुप्राविधिक शिक्षालय सञ्चालक समितिका अध्यक्ष, निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षालय प्रमुख बिर बहादुर बिकले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण शिक्षक प्रदीप सुवेदीले गर्नुभएको थियो । पन्त आकृति जेभि बुटवलले भ्याट बाहेक २ करोड ९५ लाख ४५ हजार ८१३ रुपैँयामा प्रशासन र प्रयोगशाला भवन निर्माणको जिम्मा लिएका थियो । २०७९ असार ८ गते भवन निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित