सल्यानमा साढेँ ३ हजार उद्योग दर्ता : १३ हजार बढीलाई प्रत्यक्ष रोजगारी

यी उद्योगले १३ हजार ३४२ जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेका छन् ।

सल्यान, १७ मंसिर ।
सल्यानमा दर्ता भएका उद्योगको संख्या साढेँ तीन हजार रहेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका अनुसार चालु आर्थिक बर्षको मंसिर पहिलोसाता सम्म जिल्लामा तीन हजार पाँच सय ४२ वटा उद्योग दर्ता भएका हुन् । जसमा उत्पादनमुलक २११ वटा, सेवामुलक ५०९ वटा, कृषि तथा वनजन्य एक हजार पाँच सय ४८ वटा र पर्यटनसँग सम्बन्धित ३०७ वटा उद्योग दर्ता भएका हुन् ।

यस आर्थिक बर्षको साउन यतामात्रै उत्पादनमुलक २ वटा, सेवामुलक ११ वटा, कृषि तथा वनजन्य २७ वटा र पर्यटन सँग सम्बन्धित ८ वटा गरेर ४८ वटा उद्योग दर्ता भएको कार्यालयले जनाएको छ । यी उद्योगले १३ हजार ३४२ जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेका छन् । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै संख्यामा उद्योग कृषि तथा वनजन्य क्षेत्रमा दर्ता भएका छन् ।

जिल्लामा सञ्चालित लघु, घरेलु तथा सानाबाट दश हजार १७२ जना पुरुषले प्रत्यक्ष रोजगारी पाएका छन् । यस्तै तीन हजार १७० महिला प्रत्यक्ष रोजगारीमा सामेल भएका छन् । जिल्लामा दुई हजार ५९८ पुरुष उद्यमी र ९१४ महिला उद्यमी गरेर तीन हजार ५१२ जना उद्यमी रहेका छन् । जिल्लामा हालसम्म दर्ता भएका बाणिज्य फर्म तीन हजार १५५ वटा रहेको कार्यालयका प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिनुभयो ।

कार्यालयले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७८ तथा नियमावली २०८० र प्रदेश व्यापार व्यवसाय ऐन २०७९ तथा नियमावली २०८० ले व्यवस्था गरेअनुसार जिल्लाभरबाट बाणिज्य तर्फका दुई हजार ८८२ वटा र उद्योग तर्फका ३७७ फाईल स्थानिय तहमा हस्तान्तरण गरिएको जनाएको छ । जसमा शारदा नगरपालिकामा बाणिज्य तर्फका ८२१ वटा र उद्योग तर्फमा ७६ वटा फाईल हस्तान्तरण गरिएको छ ।

यस्तै बागचौर नगरपालिकामा बाणिज्य तर्फका ४३० वटा र उद्योग तर्फका ४८ वटा, बन्गाड कुपिण्डे नगरपालिकामा बाणिज्य तर्फका ३३९ वटा र उद्योग तर्फका १४ वटा, दार्मा गाउँपालिकामा बाणिज्य तर्फका १८० वटा र उद्योग तर्फका ९ वटा, त्रिबेणी गाउँपालिकामा बाणिज्य तर्फका २२६ वटा र उद्योग तर्फका ३२ वटा फाईल स्थानिय तहलाई हस्तान्तरण गरिएको छ ।

यस्तै छत्रेश्वरी गाउँपालिकामा बाणिज्य तर्फमा १९६ वटा र उद्योग तर्फमा ३८ वटा, कुमाख गाउँपालिकामा बाणिज्य तर्फमा २२६ वटा र उद्योग तर्फमा ८ वटा, कपुरकोट गाउँपालिकामा बाणिज्य तर्फका १८६ वटा र उद्योग तर्फका ७३ वटा, सिद्धकुमाख गाउँपालिकामा बाणिज्य तर्फका १११ वटा र उद्योग तर्फका २ वटा र कालिमाटी गाउँपालिकामा बाणिज्य तर्फका १६७ वटा र उद्योग तर्फका ७७ वटा फाईल स्थानिय तहलाई हस्तान्तरण गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस