दार्मा गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि एक करोड ३० लाख रुपैँया निकासा

संघिय सरकार मार्फत पालिकाका भुकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि एक करोड ३० लाख रुपैँया निकासा भएको पालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो ।

 तस्वीर : भिम बहादुर परियारको फेसबुकबाट साभार !

सल्यान, १९ मंसिर ।
सल्यानको दार्मा गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि एक करोड ३० लाख रुपैँया निकासा भएको छ । संघिय सरकार मार्फत पालिकाका भुकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि एक करोड ३० लाख रुपैँया निकासा भएको पालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो । उहाँका पहिलो किस्ता लिनको लागि २२ जना भुकम्प पिडितले आवश्यक प्रक्रिया अघि बढाएका छन् ।

दार्मा गाउँपालिकामा अस्थायी आवास निर्माणको लागि प्राविधिकसहित विभिन्न पार्टी, संघसस्था, स्थानीय गरी ४ सय स्वयंसेवक खटिएका छन् । चिसोका कारण त्रिपालमा बस्दै आएकाको ज्यान जोखिममा परेपछि अस्थायी आवासको लागि स्वयंसेवक खटिएका हुन् । अस्थायी आवासका लागि खटिएका प्राविधिक तथा स्वयमसेवकले कामको बाँडफाँट गरेर कोही शौचालय मर्मत, कोही भत्किएको घरको सामग्री हटाउनमा, कोही बस्नै नमिल्ने गरी चर्किएको घर भत्काउन र अस्थायी आवास निर्माणमा जुटेको छन् ।

त्रिपालमा बस्दै आएका महिला, बालबालिका, बृद्धबृद्धा, सुत्केरी, गर्भवती धमाधम विरामी पर्न थालेपछि चिसोबाट बचाउन तत्काल राहत होस भनेर अस्थायी आवास निर्माण कार्य स्वयंसेवक मार्फत अगाडि बढाएको उहाँको भनाइ छ । क्षति भएका सबै घरका परिवार चिसोमा जोखिम मोलेर त्रिपालमा बस्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित