खेल जीतका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि अपरिहार्य : मन्त्री ज्वाला

ल्यानको कपुरकोट गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

सल्यान, २२ मंसिर ।
सल्यानको कपुरकोट गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कपुरकोट गाउँपालिका वडा नंम्बर ६ मा रहेको भवानी माद्यामिक बिद्यालय छाँयानाथमा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले खेल जीतका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि अपरिहार्य भएको बताउनुभएको छ ।

खेल खेल्दा शरिरलाई स्वस्थ्य र फुर्तिलो बनाउन मद्धत गर्नेभएकाले खेल खेल्नु आवश्यक रहेको बताउदैँ उहाँले खेलखेल्दा हार वा जीत स्वभाविक हुने भएकाले त्यसलाई सहजै स्वीकार गर्नुपर्ने बताउनुभयो । मन्त्री ज्वालाले कपुरकोट तरकारीको वजारीकरण गर्ने, राप्ती राजमार्गको स्तरोन्नती, सोलाबाङ रिम छाँयानाथ सडक, कपुरकोट फलाबाङ सडक सहित पालिकाभित्रको विकास निर्माणका कार्र्यमा संघिय सरकारले सहयोग गर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वली लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो । पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवारसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस