रेडियो राप्ती एफ.एम. १७ औँ बर्षमा प्रवेश गर्दै

१६ औँ बार्षिकोत्सवका अवशरमा रेडियोले भोली दिउसो दिउसो १ वजे शुभकामना आदानप्रदान कार्यक्रम गर्ने तयारी गरेको छ ।

सल्यान, २५ मंसिर ।
सल्यान जिल्ला कै पहिलो सामुदायिक रेडियो राप्ती एफ.एम. १०४.८ मेगाहर्ज भोली देखी १७ औँ बर्षमा प्रवेश गर्न लागेको छ । २०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियो १६ औँ बर्ष पुरा गरेर भोली देखी १७ औँ बर्षमा प्रवेश गर्न लागेको हो । १६ औँ बार्षिकोत्सवका अवशरमा रेडियोले भोली दिउसो दिउसो १ वजे शुभकामना आदानप्रदान कार्यक्रम गर्ने तयारी गरेको छ ।

शारदा मिडिया संगमद्धारा सञ्चालित रेडियो राप्ती एफ.एम. ले भोली दिउसोँ रेडियो परिसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, साझेदारी निकाय, साझेदारी रेडियो स्टेशन, पत्रकार, बिज्ञापनदाता, स्रोता सबैसँग अन्तरक्रिया गरिने छ । सल्यान जिल्ला कै पहिलो रेडियोका रुपमा २०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियोले सत्यतथ्य समाचार, सुचना, बिज्ञापन, गितसंगित प्रशारण गर्दै आएको छ ।

एक सय वाट क्षमता भएको यस रेडियो अहिले दैनिक १७ घण्टा प्रशारण हुदैँ आएको छ । रेडियोको प्रशारण सल्यान सहित दाङ, रोल्पा, रुकुम, प्यूठान, जाजारकोट, सुर्खेत लगाएतका छिमेकी जिल्लाहरुमा सुन्न सकिन्छ । रेडियोको पहुँचमा करिब १५ लाख श्रोता रहेका छन् । नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लाको नै पहिलो रेडियो राप्ती एफ.एम.ले आवाज बिहिनको आवाजको रुपमा काम गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस