सल्यानका १२ बर्थिङ सेन्टरलाई स्वास्थ्य सामाग्री प्रदान

नवजात शिशुको स्वास्थ्य सुदृढिकरण गर्नको लागि जिल्ला अस्पताल सल्यान सहित विभिन्न पालिकामा रहेको बर्थिङ सेन्टरहरुलाई स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको हो ।

सल्यान २८, मंसिर ।

सल्यानका १२ वटा बर्थिङ सेन्टरलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नवजात शिशुको स्वास्थ्य सुदृढिकरण गर्नको लागि जिल्ला अस्पताल सल्यान सहित विभिन्न पालिकामा रहेको बर्थिङ सेन्टरहरुलाई स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको हो । वान हार्ट वल्डवाइडको आर्थिक सहयोगमा दलित विकास समाज सल्यानद्धारा सञ्चालित स्थानिय सरकारको साझेदारीमा मातृ तथा नव शिशु स्वास्थ्य सेवा सुदृढिकरण परियोजना मार्फत बर्थिङ सेन्टर सञ्चालन भएका स्वास्थ्य संस्थाहरुलाई सेवा प्रवाहमा थप सहजताको लागि सामाग्री प्रदान गरिएको हो ।

बडागाउँ, चाँदे, छायाक्षेत्र, गर्पा, कजेरी, कुपिण्डे दह, रिम, पिपलनेटा, माझकाँडा, बाझकोट, रामपुर र सरिकोट स्वास्थ्य चौकीलाई डलिभरी बेड, प्रसुति पश्चात राखिने बेड, पेरिलाइट, अक्सिजन सिलिन्डर, डप्लर, रेडियन्ट वारमर, प्रसुती गराउन अवश्यक विभन्न सेटहरू लगाएतका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको वान हार्ट वल्डवाइडका जिल्ला संयोजक कोषराज भट्टले जानकारी दिनुभयो । यस्तै जिल्ला अस्पताल सल्यानलाई स्किल ल्याव र नवशिशु बिशेष हेरचाह कक्षको अत्यावश्यक औजार तथा उपरकरण उपलब्ध गराइएको छ ।

जिल्ला अस्पताललाई स्किल ल्यावको सामाग्री र फोटोथेरापी मेसिन, बेबि वार्मर, इन्कुवेटर, अक्सिजन कन्सन्ट्रेटर लगाएत गरेर १४ लाख ९० हजार रुपैँया बढीको सामाग्री हस्तान्तरण गरिएको छ । बर्थिङ सेन्टर सञ्चालन भएका ती स्वास्थ्य चौकीहरुलाई २७ लाख २० हजार रुपैँया बढीको स्वास्थ्य सामाग्री सन् २०२३ मा उपलब्ध गराइएको उहाँको भनाइ छ ।

यस्तै बागचौर नगरपालिकासँगको लागत साझेदारीमा शिवरथ स्वास्थ्यचौकीमा प्रसुती भवन निर्माण गरिदै छ भने सिद्ध कुमाख गाउँपालिकासँगको लागत साझेदारीमा चाँदे स्वास्थ्य चौकीको प्रसुती भवन मर्मत गरिदै छ । दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीले मातृ तथा नवजात शिशु स्वास्थ्यको परिणाममा सुधार ल्याउने लक्ष्यका साथ जिल्लामा काम भैरहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित