शिक्षासंगै खेलकुदको बिकास अपरिहार्य : मन्त्री सिंह

‘सल्यान जिल्ला खेलक्षेत्रको लागि राम्रो सम्भावना भएको जिल्ला हो, राज्यले नै खेलक्षेत्रमा लगानी गर्दै आएको छ, विकासका अन्य पुर्वाधारसँगै खेलक्षेत्रको विकास र समृद्धिका लागि पनि राज्यले लगानी गरेको छ’ उहाँले भन्नुभयो ‘कर्णाली प्रदेशमा नै सुबिधा सम्पन्न रंगशाला सुर्खेतमा निर्माण कार्य चलिरहेको छ, यसले खेलाडीलाई प्रोत्साहित गर्ने काम गर्दछ ।’

सल्यान, १७ पुस ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले शिक्षासँगै खेलकुदको बिकास अपरिहार्य रहेको बताउनुभएको छ । राज्यले पनि शिक्षासँगै खेलकूद क्षेत्रमा लगानी बढाउदै गएकाले शिक्षा र खेलक्षेत्रको विकास सँगसँगै हुनुपर्ने उहाँले बताउनुभएको हो । शारदा नगरपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मंगलबार लुहापिङमा उद्घाटन गर्दै मन्त्री सिहंले यस्तो बताउनुभएको हो ।

‘सल्यान जिल्ला खेलक्षेत्रको लागि राम्रो सम्भावना भएको जिल्ला हो, राज्यले नै खेलक्षेत्रमा लगानी गर्दै आएको छ, विकासका अन्य पुर्वाधारसँगै खेलक्षेत्रको विकास र समृद्धिका लागि पनि राज्यले लगानी गरेको छ’ उहाँले भन्नुभयो ‘कर्णाली प्रदेशमा नै सुबिधा सम्पन्न रंगशाला सुर्खेतमा निर्माण कार्य चलिरहेको छ, यसले खेलाडीलाई प्रोत्साहित गर्ने काम गर्दछ ।’

मन्त्री सिंहले सल्यान खेलमात्रै नभएर अन्य क्षेत्रको लागि पनि सम्भावना बोकेको जिल्ला भएको बताउनुभयो । ‘कृषिमा सल्यान आत्मनिर्भर भएको छ, यहाँको तरकारी, खाध्यान्न र फलफूलको कुरा गरौँ, शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासको कुरा गरौँ, सबैक्षेत्रमा सल्यान सम्भावना बोकेको जिल्ला हो’ उहाँले थप्नुभयो ‘अव बिकास, समृद्धि र रोजगारीको जग बसाल्न आवश्यक छ ।’

शारदा नगरपालिका नगरप्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख सुस्मिता सापकोटा सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबालले गर्नुभएको थियो । नगरपालिकाका एक दर्जन बढी माध्यामिक बिद्यालय सहभागि भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहीबार सम्म सञ्चालन हुने छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित