सल्यान जेसिज बर्ष २०२४ को अध्यक्षमा बोहरा निर्वाचित

सल्यान, २० पुस ।
सल्यान जेसिज बर्ष २०२४ को अध्यक्षमा अशोक कुमार बोहरा सर्वसम्मत निर्वाचित हुनु भएको छ । जिल्लाको श्रीनगरमा सम्पन्न जेसीजको बार्षिक साधारणसभा तथा अधिवेशनले बोहराको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको हो ।

जसको कार्यकारी उपाध्यक्षमा जेसी गणेश बिश्वकर्मा, कार्यकारी उपाध्यक्षमा जेसी रबिन थापा, उपाध्यक्षमा जेसी मोहन शर्मा, जेसी मोहन डाँगी, जेसी बुलन्द बाबु सेजवाल र जेसी मेघ बहादुर चलाउने रहनुभएको छ । बर्ष २०२३ का अध्यक्ष जेसी डम्बर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव जेसी सुशील उपाध्यायले गर्नुभएको थियो ।

यसैविच नयाँ कार्यसमितीको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम यही पौष २७ गते हुने भएको छ । सोही अवसरमा महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकार, शाखा सम्पादक, तालिम निर्देशक र जनसम्पर्क अधिकारी निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित