हिमालयन लाईफ इन्स्योरेन्सद्धारा मृत्यु दावी भुक्तानी

सल्यान, २३ पुस ।
गत असोज बैशाख ४ गते भारतको सिम्लामा ज्यान गुमाएका सल्यानको सिद्धकुमाख गाउँपालिका ४ का हिमराज खड्काको पत्नी झमकली खड्कालाई मृत्यु दावी रकम भुक्तानी गरिएको छ । हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बिमा बापतको दाबी भुक्तानी एक औपचारिक कार्यक्रमका वीच मृत्यु दावी भुक्तानी गरिएको हो ।

साविकको युनियन लाईफ इन्स्योरेन्समा २ लाख विमाङ्क रकमको विमालेख खरिद गरेका खड्कालाई २ लाख विमाङ्कक रकम र १५ हजार ६ सय वोनस गरी जम्मा २ लाख १५ हजार ६ सय रुपैयाको चेक सिद्धकुमाख गाउँपालिका अध्यक्ष भरत गिरीले मृतककी पत्नी झमकली खड्कालाई हस्तान्तरण गर्नु भएको हो ।

रकम हस्तान्तरण गर्दै अध्यक्ष गिरीले विमा दावी भुक्तानी गरेकोमा कम्पनिलाई धन्यवाद दिदै उक्त रकमले परिवारलाई केही राहत मिल्ने बताउनुभयो । उहाँले विमा कम्पनीहरुले विमितहरुलाइ घरमै सेवा दिइरहेको भन्दै मानिसको जिवनका लागि विमा अनिवार्य रहेको वताउनुभयो ।

सो अवसरमा सिद्धकुमाख गाउँपालिका वडा नंं ३ का वडाध्यक्ष जिवराज वोहरा, वडा नं. ४ का वडाध्यक्ष खर्कविर रोका, वडा नंं. ५ का वडाअध्यक्ष चुडामणी रेउले, हिमालयन लाइफ इन्स्योरेन्स श्रीनगरका शाखा प्रमुख रमेश कुमार वली, कर्मचारी डिल्ली वहादुर डाँगी लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन एजेन्सी म्यानेजर राजेश डाँगीले गर्नुृ भएको थियो ।

कामको शिलशिलामा भारतको सिम्ला पुगेका हिमराज खड्काको सोही स्थानमा मृत्यु भएको थियो । खडकाले दुई किस्ता वापत २२ हजार ५ सय रुपैया वुझाउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस