आफ्नै घर मृत्युको कारण नबनोस् : सरोकारवाला

मध्याह्न १२ वजेको थियो । सल्यानको दार्मा गाउँपालिकाको मुकाम फारुलाचौरमा एक हुल मान्छे बाजागाजा सहित नारा जुलुस लगाउदैँ थिए । ब्यानर र प्लेकार्ड सहित आएका उनीहरु अरु कुनै नभएर राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन आएका सहभागिहरु थिए । गाउँपालिकाको कार्यालयबाट सुरु भएको र्याली जनज्योती माद्यामिक बिद्यालयको खेलमैदानमा पुगेर औपचारिक कार्यक्रममा परिणत भयो ।

सल्यान, २ पुस ।
मध्याह्न १२ वजेको थियो । सल्यानको दार्मा गाउँपालिकाको मुकाम फारुलाचौरमा एक हुल मान्छे बाजागाजा सहित नारा जुलुस लगाउदैँ थिए । ब्यानर र प्लेकार्ड सहित आएका उनीहरु अरु कुनै नभएर राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन आएका सहभागिहरु थिए । गाउँपालिकाको कार्यालयबाट सुरु भएको र्याली जनज्योती माद्यामिक बिद्यालयको खेलमैदानमा पुगेर औपचारिक कार्यक्रममा परिणत भयो ।

जिल्ला विपद् व्यवस्थापन समिती सल्यानको आयोजना तथा स्थानिय विपद व्यवस्थापन समिती दार्मा गाउँपालिका र नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा सल्यानको सहआयोजनामा सुरु भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख बेलाराम रावलले विगतका भुकम्पबाट बाट सिकेर अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै जिल्ला समन्वय समितती सल्यानका उपप्रमुख असविर बुढाथोकीले अहिलेको आवश्यकता भनेकै भुकम्प पछिको पुर्ननिर्माण र पुर्नस्थापना भएको बताउनुभयो । दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले भुकम्प गए लगत्तै आफुहरु भुकम्प प्रभावित क्षेत्रमा खटिएको अस्थायी आवास निर्माणका लागि सरकारले प्रदान गर्ने रकम छिटोभन्दा छिटो उपलब्ध गराउने गरि पहल भैरहेको बताउनुभयो ।

कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले सरकारले त्रिपाल दिने, अस्थायी आवास बनाउने भन्दा पनि एकैपटक स्थायी संरचना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा सल्यानका सभापति यौवन प्रकाश श्रेष्ठले भुकम्पका कारण नभइ नागरिकले निर्माण गरेका संरचनाका कारण क्षति हुनेभएकाले भुकम्पप्रतिरोधि संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्द, नेपाली काँग्रेसका पुर्वजिल्ला सचिव रामचन्द्र केसी, नेकपा एमालेका जिल्ला कमिटी सदस्य गणेशमान सिंह, नेकपा माओवादी केन्द्रका गाउँ पार्टी सचिव टोपेन्द्र प्रकाश मल्ल, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य गणेश वली, नेकपाका जिल्ला सेके्रटरी मदन सि, नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउने लगाएतकाले बोल्नुभएको थियो ।

नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा सल्यानका मन्त्री इन्द्र कुमार शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेशम वलीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस