सामाजिक अभियान्ता ज्ञानेन्द्रद्धारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

युवाले शिक्षामा परिवर्तन ल्याउनुपर्छ भन्ने उद्धेश्यले विद्यालयको शैक्षिकस्तर वृद्धिमा केहि टेवा पुगोस् भनेर विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको उहाँले बताउनुभयो ।

सल्यान, ३ माघ ।
सामाजिक अभियान्ता ज्ञानेन्द्र पुन मगरको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको छ । बुधबार २३ औं जन्मदिनको अवसरमा शारदा नगरपालिका–३ पौवाबारीमा रहेको खड्गदेवी प्रथामिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर उहाँले विद्यालयलाई १६ दर्जन कापी सहित अन्य १२ हजार बढिको शैक्षिक सामग्री वितरण गर्नुभएको हो । युवाले शिक्षामा परिवर्तन ल्याउनुपर्छ भन्ने उद्धेश्यले विद्यालयको शैक्षिकस्तर वृद्धिमा केहि टेवा पुगोस् भनेर विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष दिपा श्रेष्ठकोे अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका वडा– ३ का वडाअध्यक्ष तुलसा भण्डारी, प्रधानाध्यापक टिकाराम खड्का, शैक्षिक सुधारका अभियान्ता मौषमदास श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।

पुनले प्रत्येक वर्ष विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाउदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित