बनगाड कुपिण्डे नगरपालिकाको प्रशासकिय भवन उद्घाटन

विगतमा आफ्नै भवन नहुदा सेवा प्रवाहमा समस्या भएकाले नयाँ भवन निर्माण भएसँगै अवका दिनमा सहजरुपमा सेवा प्रवाह हुने जनप्रतिनिधिहरुले बताएका छन् ।

सल्यान, ४ माघ ।
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको प्रशासकिय भवनको उद्घटन गरिएको छ । बैठक हल बाहेक २८ कोठाको प्रशासकिय भवनको उद्घाटन गरिएको हो । जय भवानी कन्ट्रक्सनले ५ करोड ३७ लाख रुपैँयामा सम्झौता गरेर २०७७ साल असार देखी काम सुरु गरेको थियोे । दुई पटक म्याद थप गरेर सम्झौताको करिब २ बर्षपछि भवन निर्माण सम्पन्न भएको हो ।

भवन उद्घाटन कार्यक्रममा नगरप्रमुख कर्ण वहादुर वुढाथोकी, प्रथम नगरप्रमुख गोविन्द कुमार पुन, नगरउपप्रमुख पुरुषोत्तम आचार्य, प्रथम उपप्रमुख मञ्जु यरी, प्रमुख प्रशासकिय अधिकृत जगत घर्ती लगाएतको सहभागिता रहेको थियो ।

विगतमा आफ्नै भवन नहुदा सेवा प्रवाहमा समस्या भएकाले नयाँ भवन निर्माण भएसँगै अवका दिनमा सहजरुपमा सेवा प्रवाह हुने जनप्रतिनिधिहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित