शारदा नगरपालिका– १२ मा होजियारी तालिम सुरु

ऊनबाट बनाइने सुइटर, पञ्जा, टोपी, गलबन्दी लगाएतका सामाग्री निर्माणका लागि होजियारी तालिम सञ्चालन गरिएको उहाँको भनाइ छ ।

सल्यान, ४ माघ ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर १२ मा २० दिने होजियारी तालिम सुरु भएको छ । विहीबार तालिमको शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा सुनारले उद्घाटन गर्र्नुभएको छ । शारदा नगरपालिका वडा नम्बर १२ को आयोजनामा सुरु भएको तालिमको उद्घाटन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, वडाअध्यक्ष सुरेन्द्र बुढा, कार्यपालिका सदस्य भगवती बोहरा, वडासदस्य उमलाल बस्नेत, बालाराम वली, वडा सचिब सृजना विष्ट लगातएको सहभागिता रहेको थियो ।

वडाअध्यक्ष बुढाले तालिममा ४० जना महिला सहभागि भएको बताउनुभयो । ऊनबाट बनाइने सुइटर, पञ्जा, टोपी, गलबन्दी लगाएतका सामाग्री निर्माणका लागि होजियारी तालिम सञ्चालन गरिएको उहाँको भनाइ छ । महिला उद्यमशिलता शिर्षकमा विनियोजन गरिएको १ लाख रुपैँयाबाट तालिम सुरु भएको हो । यस वडाले गतबर्ष महिला व्यत्तित्व तथा नेतृत्व विकास तालिम दिएको थियो ।

प्रतिक्रिया दिनुहोस