‘ए झरी’ गितका गायक रोशन सिंह सल्यान महोत्सवमा आउदै

सल्यान, ५ माघ ।
चर्चित गायक तथा संगीतकार रोशन सिंह सल्यान महोत्सवमा आउनुहुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा सल्यानको आयोजनामा जारी सल्यान महोत्सव २०८०मा सहभागी हुन उहाँ माघ ६ गते शनिवार आउनु हुने भएको हो ।
नेपाली संगीतको क्षेत्रमा निकै चर्चा बटुलेका गायक सिंहका भुपु माया, ए झरि,पिपल छेउमा बर,रुनु पर्लानी,यो भाग्यमा खोट छ,लगाएतका थुप्रै गीत चर्चामा रहेका छन।
महोत्सवमा उनी संगै चर्चित गायक पुष्कल शर्मा लगाएतको उपस्थिति रहनेछ ।

प्रतिक्रिया दिनुहोस