सल्यान, ११ माघ ।
माछापुच्छ्रे बैंक लिमिटेडले सल्यानको शारदा नगरपालिका–१५ माल्नेटामा रहेको त्रिभुवन जन माद्यामिक बिद्यालयमा खानेपानी पु¥याउने भएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष माल्नेटामा रहेको यस बिद्यालयमा खानेपानी पु¥याउने लक्ष्य लिइएको हो । बैँकले बिद्यालयमा खानेपानी सुविधा पु¥याउने गरेर बिद्यालयसँग सम्झौता गरेको छ ।
बैँकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र बिद्यालयको तर्फबाट बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुवास रावतका विचमा हस्ताक्षर भएको छ । जसअनुसार बिद्यालयमा १० लाख ७२ हजार रुपैँयाको लागतमा बैँकले खानेपानीको सुविधा उपलब्ध गराउने छ । यसका लागि बिद्यालयबाट करिब साढेँ तीन किलोमिटर टाढा रहेको बडाखोलाको घारीमुहानबाट खानेपानी बिद्यालयमा ल्याइने छ ।
बैँकले बिद्यालयमा १० घनमिटरको खानेपानी ट्यांकी निर्माण गर्नुका साथै मुहानदेखी बिद्यालयसम्म पाइपलाईन, बिद्यालयमा धारा जडान गर्ने छ । खानेपानीको काम फागुन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । बिद्यालयमा खानेपानी आएपछि बिद्यार्थीलाइ सहज हुने बिद्यालयका प्रधानाध्यापक धनिराम खत्रीले जानकारी दिनुभयो । विगतमा खानेपानी नहुदा बिद्यार्थीले समस्या भोग्दै आएकोमा अवभने सहज हुने उहाँको भनाइ छ ।
यस खानेपानी योजना सम्पन्न भएमा कक्षा १२ सम्मका गरेर करिब ३ सय ५० बिद्यार्थीका साथै १८ जना शिक्षककर्मचारी लाभान्वित हुने छन् । ‘बिगतमा खानेपानी नहुदा समस्या हुदैँ आएको थियो, अवका दिनमा भने सहज हुने अपेक्षा गरेका छौँ, बिद्यार्थीले जतिबेला पनि पानी पिउन पाउने भए, शौचालयमा प्रयोग गर्न, बगैँचा र करेसाबारीमा सिँचाइ गर्न पनि सहज हुने भयो’ प्रधानाध्यापक खत्रीले भन्नुभयो ।
माछापुच्छ्रे बैंकले विगत १२ बर्षदेखी सल्यानको श्रीनगर शाखाबाट सेवा दिदैँ आएको सल्यान शाखा प्रवन्धक ललित भाटले जानकारी दिनुभयो । यस शाखामा हाल १२ हजार बढी ग्राहक रहेका छन् भने नियमित रुपमा बित्तिय साक्षरता कार्यक्रम सञ्चालन भैरहेका छन् ।