शारदा नगरपालिका–३ मा जेष्ठ नागरिकलाई इलेक्ट्रिक जग वितरण

कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले जेष्ठ नागरिकको सम्मान स्वरुप जग बितरण गरिएको र नगरले जेष्ठ नागरिकलाइ प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम संचालन गरिरहेको बताउनु भयो ।

सल्यान, १३ माघ ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ मा रहेका ९० जना जेष्ठ नागरिकलाई इलेक्ट्रिक जग बितरण गरिएको छ । वडा नम्बर ३ को बार्षिकक कार्यक्रम अनुसार आज वडाभित्रका सबै जेष्ठ नागरिकलाई इलेक्ट्रिक जग बितरण गरिएको हो । वडाअध्यक्ष तुल्सा भण्डारीको अध्यक्षता तथा नगरप्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिकहरुलाई जग बितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले जेष्ठ नागरिकको सम्मान स्वरुप जग बितरण गरिएको र नगरले जेष्ठ नागरिकलाइ प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम संचालन गरिरहेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक भवानी प्रसाद धमला, जिल्ला समन्वय समिति सदस्य बिमला केसी, कार्यपालिका सदस्य प्राण कुमार राई, वडा सदस्यहरु गंगा कुमारी वली, मधुदास श्रेष्ठ, पन्छी कुमारी गाइन, नेपाली काँग्रेस रुकुम पश्चिमका नेता शिव आचार्य, खलंगा शीतलपाटी खानेपानी संस्थाका उपाध्यक्ष मौसमदास श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस