बेमौसमी खेतीमा उत्साह : कपुरकोटका कृषकले बेचेँ साढेँ २६ करोडको तरकारी

बेमौसमी तरकारीका लागि प्रसिद्ध जिल्लाको कपुरकोट गाउँपालिकाका विभिन्न क्षेत्रबाट असार देखी मंसिरसम्मको अवधिमा कृषकले ४८ लाख ५७ हजार २ सय ४६ किलो ताजा तरकारी तथा फलफूल बिक्री गरेका हुन् । जसबाट २६ करोड ६४ लाख ४९ हजार ८ सय ६१ रुपैँया कृषकले हात पारेका छन् ।

सल्यान, १६ माघ ।

सल्यानको कपुरकोट क्षेत्रबाट एकै सिजनमा साढेँ २६ करोडको ताजा तरकारी बिक्री भएको छ । बेमौसमी तरकारीका लागि प्रसिद्ध जिल्लाको कपुरकोट गाउँपालिकाका विभिन्न क्षेत्रबाट असार देखी मंसिरसम्मको अवधिमा कृषकले ४८ लाख ५७ हजार २ सय ४६ किलो ताजा तरकारी तथा फलफूल बिक्री गरेका हुन् । जसबाट २६ करोड ६४ लाख ४९ हजार ८ सय ६१ रुपैँया कृषकले हात पारेका छन् ।

विगतका बर्षहरुको तुलनामा यसबर्ष तरकारी उत्पादनमा र मुल्यमा पनि बद्धि भएसँगै कृषक उत्साहित भएका छन् । गएको आर्थिक बर्ष २०७९÷८० को झण्डै ६ महिनामा यसक्षेत्रबाट १७ करोड २३ लाख १६ हजार ५ सय ९० रुपैँयाको ४२ लाख ९ हजार ९२ किलो ताजा तरकारी, फलफूल र अदुवा बिक्री भएको थियो । यसबर्ष गतबर्षको तुलनामा तरकारीको उत्पादन बढेको र मुल्य पनि राम्रो पाएको कृषि उपज वजार सञ्चालक समिती कपुरकोटले जनाएको छ ।

जिल्लाकै सबैभन्दा ठूलो कपुरकोटको तरकारी बजार असार देखी मंसिरसम्म लाग्छ । कृषकले उत्पादन गरेको टमाटर, काउली, बन्दागोपी, भेडेखुर्सानी, सिमी, फर्सी, आलु लगायतका बेमौषमी तरकारीले यसपटक राम्रो वजार मुल्य पाएको कृषि उपज वजार सञ्चालक समिती कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कपुरकोटबाट देशका विभिन्न शहर बजारका व्यापारीहरुले ताजा तरकारी ४६ लाख ३० हजार ८ सय ७१ किलो, अदुवा १ लाख २४ हजार १९ किलो र १ लाख २ हजार ३ सय ५६ किलो फलफूल खरिद गरेर लगेका छन् ।

कपुरकोट क्षेत्रबाट सबैभन्दा धेरै टमाटर बिक्री भएको छ । जसमा १३ लाख ६९ हजार ४ सय ७५ किलो टमाटर बिक्रीबाट कृषकले ८ करोड २३ लाख ८३ हजार ३८ रुपैँया आम्दानी गरेका छन् । यस्तै बन्दागोभी ९ लाख ११ हजार १ सय ५९ किलो बिक्रीबाट २ करोड ३६ लाख २५ हजार ४ सय ३७ रुपैँया आम्दानी भएको छ । यस्तै काउली ७ लाख ५ सय ४२ किलो बिक्रीबाट ३ करोड ४४ लाख ४५ हजार ३ सय ८९ रुपैँया, सिमी ४ लाख ९८ हजार ४ सय ३० किलो बिक्रीबाट ३ करोड ५१ लाख १६ हजार ४ सय ९३ रुपैँया आम्दानी भएको छ ।

यस्तै भेडेँखुर्सानी ३ लाख ५१ हजार ६ सय ८१ किलो बिक्री गर्दा रु.२ करोड ६१ लाख ८४ हजार ८ सय ३२, हरियो खुर्सानी मोटो १ लाख १७ हजार ७९ किलो बिक्री गर्दा रु.७९ लाख ८८ हजार ३ सय ९, हरियो खुर्सानी मसिनो ९५ हजार ३ सय ८ किलो बिक्रीबाट रु. ६३ लाख २६ हजार ३ सय ५, माछे खुर्सानी ५४ हजार २ सय २ किलो बिक्रीबाट रु. ३१ लाख ५१ हजार ५ सय ५८ र अकबरे खुर्सानी ४० हजार ७ सय ४७ किलो बिक्रीबाट रु. ४५ लाख ४ हजार २ सय ५३ रुपैँया आम्दानी भएको छ ।

यस्तै काँक्रो १ लाख ७६ हजार ३ सय ४६ किलो बिक्रीबाट रु. ६३ लाख १७ हजार २ सय ९, काँक्रो लोकल १ लाख ८ हजार ९ सय ७९ किलो बिक्रीबाट रु. ६६ लाख ४५ हजार ४ सय ७२, मुला ३६ हजार ७ सय ६५ किलो बिक्रीबाट रु. १३ लाख २६ हजार ३ सय ८९, अदुवा पुरानो ५९ हजार १ सय ७८ किलो बिक्रीबाट रु. ८२ लाख ७५ हजार १ सय ५१ र अदुवा नयाँ ६४ हजार ८ सय ६१ किलो बिक्रीबाट ३६ लाख ९२ हजार ४४ रुपैँयाँ आम्दानी भएको छ ।

यस्तै साग २२ हजार ६ सय ५६ किलो बिक्रीबाट रु.१८ लाख ३० हजार १५, धनिया २२ हजार ७८ किलो बिक्रीबाट रु. १८ लाख ९४ हजार ४ सय ९९, नस्पती १७ हजार २ सय ६ किलो बिक्रीबाट रु.२ लाख ६२ हजार ७ सय ७०, आँप १६ हजार ६ सय ८८ किलो बिक्रीबाट रु. ५ लाख ८१ हजार ५ सय ६०, कागती ५१ हजार ४ सय ८२ किलो बिक्रीबाट रु.३२ लाख ९९ हजार ४ सय ३० र अमिलो ४ हजार ४ सय ३० किलो बिक्रीबाट ६४ हजार १ सय ५० रुपैँया आम्दानी भएको छ ।

यस्तै स्कुस १२ हजार ५ सय ४५ किलो बिक्रीबाट रु. १ लाख ८४ हजार ५ सय ५०, फर्सी १२ हजार २ सय ५० किलो बिक्रीबाट रु. २ लाख १० हजार १ सय ७५, भान्टा १३ हजार १ सय ९६ किलो बिक्रीबाट रु.५ लाख २ हजार ३ सय ३५, तितेकरेला १७ हजार ३ सय ३ किलो बिक्रीबाट रु. ८ लाख २४ हजार ९ सय ८२, आलु १३ हजार ४ सय ३० किलो बिक्रीबाट रु.५ लाख ८० हजार ८ सय ५०, लोकल सिमी १२ हजार ८ सय ८५ किलो बिक्रीबाट रु.१० लाख ७ हजार ३ सय र राज्मा सिमी २५ हजार ९ सय ९ किलो बिक्रीबाट ३५ लाख ७५ हजार ९ सय ४५ रुपैँया आम्दानी भएको छ ।

यस्तै लसुन १ हजार ५ सय ८० किलो बिक्रीबाट रु.१ लाख २६ हजार ४ सय, चुच्चे करेला १५ हजार ७ सय ६६ किलो बिक्रीबाट रु. ८ लाख ४२ हजार ६ सय ९७, सुन्तला १२ हजार ५ सय ५० किलो बिक्रीबाट रु. ६ लाख १० हजार ३ सय २५ र केराउ ५ सय ६० किलो बिक्रीबाट ७० हजार रुपैया आम्दानी भएको छ ।

कृषि एम्बुलेन्स सञ्चालन हुदैँ

कपुरकोटमा ताजा तरकारीको वजारीकरणमा सहजताको लागि यसैबर्ष कृषि एम्बुलेन्स सञ्चालन हुदैँ छ । शर्माका अनुसार संघीय सरकार र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना सल्यानको आर्थिक सहयोगमा यसैबर्ष कृषि एम्बुलेन्स सञ्चालन गरिने छ । यस्तै उत्पादनको आधारमा अनुदान, तरकारीको समर्थन मुल्य कोष, कपुरकोटमा नै तरकारीको कोल्डस्टोर निर्माण तथा सञ्चालन गरिने उहाँको भनाइ छ ।

यस्तै कपुरकोट बजारलाई केन्द्र बिन्दु बनाएर गाउँपालिकाको वडा नम्बर १ र ५ को सिमाना बगाले तथा रिमको सितलबजारमा हप्ताको २ दिन हाट बजार सञ्चालन गर्ने तयारी गरिएको छ । माटो र रोग परिक्षणका लागि मिनि ल्याव सञ्चालन गरिदैँ छ भने यसैबर्षदेखी कपुरकोटमा बिषादी परिक्षण केन्द्र सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ ।

ठुला शहरमा कपुरकोटको तरकारी स्टल

कपुरकोट क्षेत्रमा उत्पादन भएको तरकारीलाई वजारीकरणमा सहजताको लागि देशका ठुला शहरमा कपुरकोट तरकारीको छुट्टै स्टल राख्ने तयारी छ । अर्गानिक र बेमौसमी तरकारीको ब्राण्डिङका लागि घोराही, नेपालगन्ज, बुटवल लगाएतका शहरमा तरकारीको आफ्नै स्टल राख्ने गरि छलफल थालिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार पालिका सहित कृषि उपज वजार सञ्चालक समितीको टिमले यसअघि पुर्वी नेपाल र पश्चिमी नेपालकाका ठुला शहरहरुको अध्ययन अवलोकन गरेको थियो । कपुरकोटमा धेरै व्यापारी भिञ्याउने र तरकारीको आफ्नै ब्राण्ड बनाउने गरी काम गरिरहेको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस